चीनको अर्काे चमत्कार ! बनायो विश्वकै पहिलो ‘सोलार राजमार्ग’ ! हिउँ टिक्तै नटिक्ने

निर्माण सञ्चार, बेइजिङ । पूर्वाधार निर्माण तथा प्रविधिमा एक पछि अर्काे गर्दै बाजी मार्दै आएको जनवादी गणतन्त्र चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ ।

चिसो मौसमका हिउँ एक मिनेट पनि टिक्न नसक्ने यो प्रविधिसँगै चीन प्रविधिको युगमा पनि अझै अघि बढेको छ ।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

सवारी साधनको पनि चार्ज हुने

यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

यस्ता छन् अनौठा विशेषता

चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।

लागत कति ?

एक किलोमिटरको सोलर राजमार्गमा ६३,२०० स्क्वायर फिटको क्षेत्र ढाकिएको छ। चीनको टोङ्गजी विश्वविद्यालयका ट्रान्सपोर्ट इन्जिनियरिङ्गका वैज्ञानिक झ्याङ्ग होङ्गचाओले भने, ‘यो राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्न सक्छ ।

तर यसको लागत प्रतिस्क्वायर मिटर ४५८ डलर अर्थात करिब ४० हजार नेपाली रुपियाँ रहेको छ । जुन सामान्य राजमार्ग भन्दा धेरै महँगो हो ।

सोलार राजमार्ग बनाउँदै छन् कुन कुन देश ?

सोलर राजमार्ग निर्माणमा अहिले फ्रान्स, नेदरल्यान्ड जस्ता देश क्रियाशील छन् । अहिले फ्रान्सको एक गाउँमा सोलर प्यानल सडक बनाइएको छ ।

फ्रान्सले आफ्नो यो सडक विश्वकै पहिलो भएको दाबी गरेको छ । यसलाई फ्रान्सले सन् २०१६ मा बनाएको हो । २०१४ मा नेदरल्यान्डले पनि एक ‘मोटरसाइकल वे’ बनाएको थियो, जहाँ सोलार प्यानल हालिएको थियो ।

हेरौं भिडियो

...

शनिबार, १५ पुस, ०७४

 

प्रतिक्रिया

Related