सनराइज बैंक लिमिटेडको लुभु शाखा स्थानान्तरण, महालक्ष्मीस्थान नजिकै

मुलुकभर ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै
निर्मण सञ्चार, काठमाडौं । सन्राइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुरको महालक्ष्मीस्थान नजिकै सारेको छ ।

महालक्ष्मीस्थान नगरपालिका वडा–८ (साविकको स्थानबाट करिब ४५० मिटरको दूरी) मा स्थानान्तरण गरेकोे बैंकले जनाएको हो ।

आइतबार एक विशेष समारोह गरी महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ तथा बैंकका सञ्चाालक श्री ओम कृष्ण जोशीले संयुक्त रुपमा लुभुस्थित नयाँ शाखाको समुद्घाटन गरेका थिए ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगाएत उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो । हो ।

नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposite Locker) सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सनराइज बैंकले मुलुकभर ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले मर्चेन्ट बैकिङ तथा इन्भेस्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको समेत जनाएको छ ।

 

 

...

आइतबार, १६ पुस, ०७४

 

प्रतिक्रिया

Related