पुरातात्त्विक उत्खनन गरेर मात्रै पुनःनिर्माण गर्ने ठाउँमा पुगेको छ । यस बीचमा कामै रोकेर विज्ञ समूह मार्फते सुझाव लिने गरी महानगर अघि बढेको महानगरको दाबी छ ।
निर्माण सञ्चारसँग बोल्दै महानगरपालिकाका कार्यकारी अधिकृत धनिराम शर्माले भने, ‘पुरातात्विक उत्खननका लागि पुरातत्व विभागलाई आग्रह गर्ने निर्णय गरेर नै हामीले विज्ञ समूहको पनि राय लिन थालेका हौं, अब पुरातात्त्विक उत्खनन गरेर मात्रै काम अघि बढाउन विज्ञले सुझाएका छन्, हामी सम्मान गर्छौं’ समूहका सदस्य सचिव समेत रहेका उनले भने ।
उनले यो कामका लागि पाँच दिनको सूचना दिएर सुझाव लिन लागिएको बताए ।
राजधानीमा बसेको विज्ञ समूहको वैठकले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध पनि गरेको छ ।
रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय विज्ञ समूहको वैठकले गरेको हो ।
पुरातात्त्विक सम्पदा पुनःनिर्माण अघि राय सल्लाह लिन काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो । त्यही समूहको वैठकले यस्तो सुझाव दिएको हो ।
सोमबार बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
रानीपोखरीको बीचमा कस्ले हाल्यो डिल ?
विज्ञ समूहको वैठकमा एउटा गम्भीर प्रश्न उठेको छ । प्रताप मल्लले बनाएको रानीपोखरीमा मध्य स्थानमा डिल हालिएको समेत भूकम्प अगावै नभत्केको रानीपोखरीको संरचनामा रहेकाले उक्त डिल कसले हाल्यो भन्ने समेत पक्षमाथि अनुसन्धान गर्ने भएको छ ।
सम्पदाविद् सुदर्शनराज तिवारीले रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्न सबैभन्दा पहिले केही समय लगाएरै भएपनि उत्खननमूलक अध्ययन गरिने बताए ।
विज्ञ समूहले रानीपोखरी पुनर्निर्माणमा सर्वसाधारणको सुझाव पनि लिने निर्णय पनि गरेको छ ।
सर्वसाधारणले रानीपोखरी यस्तो बनाउनु उपयुक्त हुने छ भनी सुझाव दिन चाहेमा अब त्यो सम्भव हुने भएको छ । यसका लागि मंगलबार नै महानगरले सूचना निकाल्ने जनाएको छ ।
यस अघि १ नम्बर इँटा, सुर्की जस्ता पुरातात्त्विक पदार्थ नहाली कंक्रिटबाट रानीपोखरीको पर्खाल बन्न थालेपछि महानगरका मेयर र उपमेयरकै बीचमा ताला लगाउने र फोर्नेसम्मका हर्कत भएका थिए ।
जनस्तरबाट समेत आलोचना आएपछि महानगर यसबाट पछि हट्न बाध्य भएको थियो । १३ पुसमा पुनर्निर्माण रोक्ने निर्णय गरेको थियो ।
महानगरले नै अबको रानीपोखरी मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह बनाएको थियो ।
...
सोमबार, १७ पुस, ०७४
प्रतिक्रिया