सबैभन्दा उत्कृष्ट भनिएका अस्पतालको सबैभन्दा निकृष्ट ठगी, यी हुन् ५ अस्पताल, जसकाविरुद्ध ठगी मुद्दा दर्ता

हेर्नुहोस मानव ठगी गर्नेमा नर्भिकदेखि इशान हस्पिटलसम्म कसरी गर्छन् मिलेमतो ?
निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि नै स्वास्थ्योपचारका लागि आउने बिरामीबाट कानुन विपरीत अतिरिक्त रकम असुुलेको पुष्टि भएपछि ‘ठगी’ मुद्दामा देशकै गतिला भनिएका अस्पताहरु दर्ज भएका छन् ।

थप अनुसन्धान सहित कारबाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरलाई पत्राचार गरे लगत्तै यी अस्पतालविरुद्ध मुद्दा दर्ता समेत भएको छ ।

कुन कुन हुन् मान्छेलाई ठगी गर्ने अस्पताल ?

राजधानीका सबैभन्दा उत्कृष्ट भनिएका अस्पतालहरुले मानव ठगीको सबैभन्दा निकृष्ट धन्दा गरेको पुष्टि भएको छ ।

यिनमा काठमाडौं धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध विभागले सोमवार ठगी मुद्दामा थप छानबिन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुलाई पत्राचार गरेको थियो ।

यी अस्पतालहरुले बिरामीबाट अतिरिक्त शुल्क लिएको बजार अनुगमन क्रममा पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर सहितका कानुनी प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई पत्राचार गरेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले निर्माण सञ्चारलाई बताए ।

‘विभागले फाइल प्रहरीलाई दिइसकेको छ,’ विभागका महानिर्देशक दाहालले थपे, ‘अब प्रहरीले आफ्नो तर्फबाट अध्ययन गरी कारवाही अघि बढाउला भन्ने विश्वास छ ।’

अनुगमन

गत मंसिर अन्तिम साता विभागले गरेको अनुगमनमा ती अस्पतालले बिरामीसँग बढी रकम असुलेको देखिएको पुष्टि भएको थियो ।

डा उपेन्द्र देवकोटाको काठमाडौंबाँसबारीस्थित न्युरो अस्पताल, बिरामीलाई ठगी गरेको बिलमा देखिएको थियो

दोषी देखिएपछि बयान लिएको विभागले चित्त नबुझे पछि ठगी कसुर अन्तर्गत कारबाही गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

ग्रान्डीको ठगी शैली ! सबैभन्दा महँगो भन्ने हल्ला पिटाइएको ग्रान्डी अस्पतालले कसरी बिरामी ठगी गरेको छ ?

भन्ने कुरा विभागको अनुगमनमा देखिएको थियो । नभएको औषधी सिर्जना गरेरै पनि विश्व बजारको भन्दा महँगोमा औषधी बिक्री गरेको पनि पाइएको छ ।

बजार अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले ‘डाक्टर एण्ड नर्सिङ केयर’ तथा ‘नर्सिङ केयर’ चार्जको नाममा अतिरिक्त शीर्षक थपेर बिरामीबाट थप शुल्क असुलेको भेटिएको थियो ।

त्यस्तै, बिएन्डबी अस्पतालले ‘बेड सर्भिस चार्ज’का नाममा बिरामीबाट अतिरिक्त रकम असुलेको देखिएको थियो भने न्युरो र नर्भिक अस्पतालले पनि बिरामीबाट अतिरिक्त सर्भिस शुल्क लिएको प्रमाणित भएपछि कारबाही गर्ने ठाउँमा विभाग पुगेको हो ।

 

 

...

सोमबार, १७ पुस, ०७४

 

प्रतिक्रिया

Related