सामान ढुवानी व्यवसायी संघको रक्तदान कार्यक्रम सम्पन्न

निर्माण सञ्चार, काठमाडौं | नेपाल सामान ढुवानी व्यवसायी संघ सानो भर्याङले सोमबार (अंग्रेजी नयाँ वर्षका दिन) ढुवानी व्यवसायीका बीचमा नै ऐतिहासिक हुने गरेर प्रथम पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रथम पटक गरिएको रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी व्यवसायीले रक्तदान गरेर नयाँ वर्ष मनाएका छन् ।

संघको १२ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमलाई व्यवसायीहरुले निकै नै सकारात्मक रुपले लिएको संघका सचिव अरुण श्रेष्ठले निर्माण सञ्चारलाई बताए ।

आगामी शनिबार पौष २२ गते काठमाडौंमा हुन लागेको १२ औं साधारण सभालाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यका साथ व्यवसायीले सानो भर्याङ वरपर सरसफाईको कार्यक्रम समेत गर्ने भएका छन् ।

विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको ढुवानी व्यवसायी संघले भूकम्प तथा बाढी प्रभावितहरुका लागि पनि राहतका सामाग्री वितरण गर्दै आइरहेको संघले जनाएको छ ।

...

मंगलबार, १८ पुस ०७४ 

प्रतिक्रिया

Related