विद्युतीय सामाग्रीको व्यापार ठप्प, व्यवसायी दिन प्रतिदिन चिन्तित– अध्यक्ष पुषोत्तम नेपाल

निर्माण सञ्चार,काठमाडौं | चिसो बढेसँगै विद्युतीय सामाग्रीको व्यापार वृद्धि हुनुपर्नेमा यस वर्ष पुषको अन्तिम साता भैसक्दा पनि विद्युतीय सामाग्रीको (हिटर, गिजर) व्यापार ठप्प भएको व्यवसायीहरु बताउँछन् ।

झिलिमिलीको पर्व तिहारलाई विद्युतीय सामाग्रीको विक्री वितरणका लागि मुख्य सिजनका रुपमा लिइन्छ ।

तर पनि मौसममा आउने परिवर्तनसँगै आवश्यक पर्ने हिटर,गिजरको विक्री वितरणमा वृद्धि नुहँदा विक्री वितरण नहुँदा विद्युतीय व्यवसायी चिन्तित भएका छन् ।

‘यस वर्ष सोचे अनुसारको व्यापार भएको छैन’ काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम नेपालले भने ‘व्यापारमा आएको मन्दीले व्यवसायीहरु दिनप्रति दिन चिन्तित बन्दै गएका छन् ।’

निर्माण सञ्चारसँगको कुराकानीमा उनले भने ‘आम उपभोक्तासँग विद्युतीय सामाग्रीको खरिदका लागि आवश्यक पैसा नभएकाले नै व्यापारमा कमी आएको हुनसक्छ ।’

एकातिर बैंकले तरलताको अभाव भन्दै बैंकको व्याजदरमा वृद्धि गर्दै आइरहेको छ भने अर्कोतिर व्यापारमा गिरावट आएको छ ।

यसले विद्युतीय व्यवसायीहरु समस्यामा परेका छन्, अध्यक्ष नेपालले भने ।

...

बुधबार, १९ पुस ०७४ 

प्रतिक्रिया

Related