निर्माण सामाग्रीको मूल्यवृद्धि फिर्ता नभएसम्म निर्माणकार्य ठप्प– कैलाली निर्माण व्यवसायी संघ

निर्माण सञ्चार, काठमाडौँ | कैलाली निर्माण व्यवसायी संघले केही दिनयता बढेको निर्माण सामाग्रीको अचाक्ली मूल्य वृद्धि फिर्ता नभएसम्म निर्माणकार्य ठप्प पार्ने बताएको छ ।

शनिबार कैलालीमा (पुष १५) सम्पन्न संघको २४ औँ साधारणसभामा निर्माण कम्पनीहरुले बढाएको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा परेको भन्दै सो निर्णय गरिएको कैलाली निर्माण व्यवसायी संघका अध्यक्ष प्रकाश बहादुर सेट्टीले जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसँगै नेपाल निर्माण व्यवसायी महासंघ पनि प्रादेशिक संरचनामा गएको छ ।

१४ अञ्चल, ७५ जिल्ला सहित वस्तुगत तथा एसोसिएटको अभ्यास गर्दै आएको निर्माण व्यवसायी महासंघले अब ७ ओटा प्रदेशलाई नै आधार मानी प्रदेशहरुका महासंघ सहितको छाता अर्गनाइजेसनको रुप पाएको छ ।

सोहीअनुसार नै कैलाली निर्माण व्यवसायी संघ अघि बढ्ने अध्यक्ष सेट्टीले बताए ।

साधारणसभामा संघको वार्षिक गतिविधिका साथै यस संघको विधान संशोधनसम्बन्धमा समेत गहन छलफल भएको थियो ।

विधान संशोधन गरिने भनिएपनि उक्त छलफलमा संघको विधान यथावत नै रहने निर्णय भएको अध्यक्ष सेट्टीले निर्माण सञ्चारसँगको कुराकानीमा भने ।

सो कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ, महासंघका महासचिव रामशरण देउजा, महासंघका उपाध्यक्ष निकोलस पाण्डे लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

...

बुधबार, १९ पुस ०७४

प्रतिक्रिया

Related