स्केफको २८औं वार्षिक साधारण सभाको तयारी पूरा– गतिशील नेतृत्व आउने अपेक्षा

‘कन्स्ट्रक्सन ब्रेन’ का रुपमा परिभाषित यो निकायको ‘कन्सल्टेन्सि सर्भिस डिभालपमेन्ट एक्ट’ तत्काल पास गराउनु आगामी नेतृत्वको पहिलो कार्यभार
निर्माण सञ्चार, काठमाडौँ | सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्स (स्केफ) को २८ औँ साधारण सभा हुने भएको छ ।

राजधानी काठमाडौँको होटल र्याडिसनमा शुक्रबार हुने उक्त साधारणसभामा गतिशील नेतृत्व आउने स्केफ नेतृत्वले बताएको छ ।

निर्माण सञ्चारसँग बोल्दै वर्तमान अध्यक्ष राजेश थापाले परिवर्तित सन्दर्भमा विकास पूर्वाधारका लागि ब्रेनका रुपमा काम गर्ने यो निकायले गतिशील नेतृत्व पाउनेमा आफू आशावादी रहेको बताए ।

अध्यक्ष थापाले कार्यक्रमको पहिलो सत्रको उद्घाटन विहान र मध्यान्हपछि नेतृत्वको चयन हुने जानकारी गराए ।  आयोजकका अनुसार सो कार्यक्रममा डेढ सय बढी स्केफ सदस्यहरु सहभागी हुनेछन् ।

कन्सल्टिङ सेवा प्रदायक विभिन्न १८० संस्थाहरु स्केफ अन्तर्गत संगठित रहेका छन् ।

वर्तमान महासचिव कृष्ण सापकोटाले आउने नेतृत्वको पहिलो कार्यभार ‘कन्सल्टेन्सि सर्भिस डिभालपमेन्ट एक्ट’ पूरा गर्ने दायित्व रहेको बताए ।

देश संघियतामा गइसकेको र पूर्वाधार विकास तथा निर्माण कार्य पनि तीव्र रुपमा बढ्ने समय आएको भन्दै महासचिव सापकोटाले राजनीतिक स्थायीत्व हुने भएपछि कन्सल्टिङ सर्भिस प्रदायकको झनै महत्वपूर्ण भूमिका रहने धारणा राखेका छन् ।

स्केफलाई नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मान्यता दिए पनि पूर्वाधार निर्माणको नयाँ युग आइसक्दासम्म कन्सल्टिङ सर्भिस र विकाससम्बन्धी अहिलेसम्म कुनै ऐन दिन सकेको छैन ।

महासचिव सापकोटाले जानकारी दिए अनुसार स्केफको निरन्तर माग, दबाब र सुझाव पछि यतिबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कन्सिल्टेन्सी सर्भिस डिभालपमेन्ट एक्ट’ मस्यौदा गरिसकेको छ ।
 
अब बन्ने सरकारले उक्त ऐन संसद्मा लैजाने छ र यसलाई कानुनी अन्तिम रुप दिने गरी पारित गरिनु आवश्यक छ । 
जुन कार्यभार अब आउने नेतृत्वले लिनु पर्ने अध्यक्ष थापा तथा महासचिव दुवै जनाको राय छ ।

तर यतिबेला भने ऐनको अभावमा सरकार आफैँ फितलो देखिएको छ भने निजी क्षेत्र पनि उद्योगका रुपमा उठ्न सकेको छैन ।

कृष्ण सापकोटाक अनुसार त्यसकारण आगामी नेतृत्व गतिशील हुनु पर्ने आफ्नो मान्यता रहेको बताउछन् ।उनको कन्सल्टिङ सर्भिसलाई औद्योगिक रुपमा उठाउनु पहिलो दायित्व रहेको भनाइ छ ।

स्रोत अनुसार स्केफको अब बन्ने नेतृत्वमा सर्वसहमति हुनेछ । निजी क्षेत्रमा स्केफको अभ्यास लोकतान्त्रिक रहने र विवाद रहित नयाँ नेतृत्वको चयन हुने जानकारहरु बताउछन्  ।

 साधारणसभाको कार्यतालिका –

स्केफले आफ्नो २८ औं वार्षिक दिवसलाई लक्ष्य गरी करिब महिना दिन अघि २ दिने विशेष गोष्ठीको समेत आयोजना गरेको थियो । Business Opportunities in Consulting Services for Infrastructure Development  विषयमा केन्द्रित भई चारओटा फरक फरक विषयमाथि बहस चलाइएको थियो । जसको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले गरेका थिए ।

संघीय नेपालमा परामर्शदातृ इन्जिनियरिङ क्षेत्रको भूमिका, अवसर, चुनौती तथा निर्माण क्षेत्रमा संलग्न तीनओटा निकाय (थ्री–सी) का सम्बन्धमा समते विभिन्न कार्यपत्र सहितको नयाँ निष्कर्ष निकालेको थियो । 

पढौं यो पनि

स्काफको २८ औं वार्षिक सभा– पूर्वाधार विकासमा नयाँ बहस थालनी 

 

 

 

 

 

...

बिहीबार, २० पुस, ०७४

प्रतिक्रिया

Related