रुपन्देहीमा गोली हानी फर्निचर व्यवसायीको हत्या

मनोज पुनले लिए हत्याको जिम्मा
निर्माण सञ्चार, काठमाडौँ  | रुपन्देहीको देबदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ ।

देवदह–२, ढेकावारमा शुक्रबार बिहान ११ बजे फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका पौडलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका २ जनाको समूहले उनको टाउकोमा गोली प्रहार गरी भागेका हुन् ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् ।

बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी पुनले आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् ।

पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको बताएको छ ।

....

शुक्रबार, २१ पुष ०७४ 

प्रतिक्रिया

Related