कंक्रिट संरचना भत्काएर पुरानै शैलीमा बनाइने ‘रानीपोखरी’

७ वटा कुवा रहेको अनुमान
निर्माण सञ्चार, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणमा बनेको कंक्रिट संरचना भत्काएर पुरानै शैलीमा बनाइने भएको छ ।

बिहीबार बसेको विज्ञ समूहको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमा बनाउनु पर्नेमा जोड दिएको छ । उक्त बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो ।

‘बैठकमा सिमेन्टको संरचना भत्काउने निर्णय भएको छ’ विज्ञ समूहका सदस्य एवं वडाध्यक्ष चिनियामान बज्राचार्यले भने ‘केही दिनमै भत्काउन सुरु होला ।’

रानीपोखरीमा ७ वटा कुवा

धेरै पहिलदेखि नै रानीपोखरीमा सात वटा कुवा छ भन्ने गरिएको छ । तर, कहाँ र कस्तो अवस्थामा छ भन्ने कसैलाई थाहा छैन ।

यसकारण कुवा खोज्न थप उत्खनन गर्ने निर्णय पनि विज्ञ समूहले गरेको बज्राचार्यले बताए । विज्ञ समूहले मंगलबार र बुधबार भने रानीपोखरीको उत्खनन गरेको थियो ।

सोहीक्रममा झण्डै ३ फिटमा पानी भेटिएको थियो ।

...

शुक्रबार, २१ पुष ०७४ 

प्रतिक्रिया

Related