स्केफ अर्थात् ‘कन्स्ट्रक्सन ब्रेन’– ‘अब प्रोजेक्ट–अडिटिङ र प्रोजेक्ट–मोनिटरिङको मुद्दा स्थापित गर्ने छौं’– महासचिव सापकोटा

अब प्रधानमन्त्रीले साइट धाउने मात्र हैन, आफ्नो कार्यालयबाटै गौरवका आयोजनाको मनिटरिङ गर्ने दिन आए
निर्माण सञ्चार, काठमाडौं । अग्रज र नयाँ पुस्ताको समायोजन सहित नेतृत्व चयनको परिपाटी रहेको सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) को २८ औँ साधारण सभाबाट अध्यक्षमा राजेश थापा सहितको ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौँमा शुक्रबार भएको साधारण सभाले अध्यक्षमा थापा सहित महासचिव कृष्ण सापकोटा सहित सबै पदमा सर्वसहमतिले नै नेतृत्व चयन गरेको हो ।

यस अघिको कार्यसमितिमा रहेका धेरैजसो र थप केही सदस्यहरु मध्येबाटै जिम्मेवारी थपेर सर्वसहमतिले नै नयाँ नेतृत्व चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै अध्यक्ष थापाले स्केफको काँधमा राष्ट्रिय जिम्मेवारी अझै थपिएको बताउँदै स्केफ अघिल्ला वर्षको भन्दा अझै परिष्कृत र नयाँ कामहरु लिएर अघि बढ्ने बताए ।

कार्यक्रमका स्पोन्सर सदस्यहरुलाई सम्मान पत्र दिदै अध्यक्ष थापाले स्केफको नेतृत्व चयन सहमतीय संस्कृतिको नमूना रहेको बताए ।

उनले अबको मुलुक निर्मणका लागि स्केफ एक ढिक्का भएर अघि बढ्ने जानकारी दिए । स्केफको साधारण सभाले उपाध्यक्षमा उद्धवराज चौलागाईं र महासचिवमा कृष्णप्रसाद सापकोटालाई पुनः निर्विरोध चयन गरेको हो ।

त्यस्तै, उपमहासचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा रामउदार यादव निर्वाचित भएका छन् ।

सदस्यहरुमा दीपक क्षेत्री, गोविन्द ताम्राकार, गोविन्ददेव अधिकारी, पोषण थापा, कमल कार्की र हेमराज शाहीलाई चयन गरेको छ ।

समयको विकास सँगै आर्किटेक्चरल इन्जिनियरिङ क्षेत्रमा पनि महिलाको उपस्थिति बढिरहेको अवस्थामा पनि स्केफले कार्यकारी समितिमा महिलाको चयन गरेको देखिदैन ।

तर, आगामी दिनमा विधानमा संशोधन सहित महिलालाई पनि नेतृत्वमा ल्याउनेबारे स्केफले सोचिरहेको नवनिर्वाचित कोषाध्यक्ष रामउदार यादवको भनाइ छ ।

कसरी अघि बढ्दै छ स्केफ अर्थात् ‘कन्स्ट्रक्सन ब्रेन’ ?

पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका अपरिहार्य रहेकोमा कसैको दुई मत हुन सक्तैन ।

नेपाल इन्जिनियर्स असोसिएसन (एनइए) सँगै सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) को स्थापना सरकारी प्रेरणाले नभई नेपाको निजी क्षेत्रको तिर्सनाले जन्मेको संस्था हो । यस्तै, निर्माण व्यवसायीहरुको महासंघले पनि २५ औं वसन्त पार गरिसकेको छ ।

पढौं यो पनि 

नेपालको पूर्वाधार विकास गतिलोसँग हुन नसके तापनि एनइए भने परिपक्व उमेरको आर्थात् ५५ वर्ष पार गरिरहेको छ । स्केफ पनि वयस्क उमेरको अर्थात् २८ औं वर्षमा प्रवेश गरेको छ ।

‘स्केफले अब नयाँ भिजन सहितको नेतृत्व गर्ने छ’

नेपालको पूर्वाधार विकासको गति र तौरतरिका हेर्दा एनइए र स्केफ जस्ता संस्थाले अब नयाँ तरिकाले सोच्न र अझै गतिशील भएर अघि बढ्न आवश्यक छ कि छैन त ?

निर्माण सञ्चारसँग कुरा गर्दै नवनिर्वाचित महासचिव सापकोटाले पूर्वाधार विकासका हरेक क्षेत्रमा संलग्न रहने निजी क्षेत्रहरु (स्केफ, एनइए, एफक्यान) सबैले आफ्ना हिजोका कार्यशैली तथा सोच्ने तरिका र प्रविधिमा समेत आफूलाई रुपान्तरण गरेर अघि बढ्नु पर्ने बेला आएकोे बताए ।

उनले भने, ‘हिजोका दिनमा अपेक्षाकृत गति लिन नसकेकै जस्तो देखिन्छ । अबका दिनमा भने हामीले काम गर्न सकेनौं भनेर उम्कने मौका कसैलाई मिल्नेवाला छैन । देश विकास भएन, सडक बनेन, पूर्वाधार बनेनन्, राष्ट्रिय गौरवका आयोजनाको समेत लथालिंग अवस्था छ भनेर इन्जिनियरहरुले दोष दिने दिन अब गए । स्केफल विल्कुलै नयाँ भिजनको नेतृत्व गर्ने छ । त्यसको आभास दिएरै अघि बढ्ने छ ।’

महासचिव सापकोटाले मुलुक अब राजनीतिक स्थायित्व तिर अघि बढेको र आफूहरुको काँधमा पनि नयाँ जिम्मेवारी थपिएको महसुस भएको बताए ।

‘त्यसैले अब स्केफले प्रधानमन्त्री स्तरीय तहबाटै देशको पूर्वाधार विकासको नयाँ मेकानिजम सुरु गर्ने खाका नै दिने सोच बनाएको छ । देशको प्रधानमन्त्रीले अब साइटमा गएर हात बाँधेर गौरवका आयोजनाबारे टाउको हल्लाएर आउने हैन कि, आफ्नै अफिसमा बसेर प्रोजेक्ट मनिटरिङ, प्रोजेक्टको अडिटिङ, परियोजनाको गुणस्तरीयता माथि डिटेक्ट गर्न सक्ने दिन आएका छन् । यसको लागि स्केफलाई प्रधानमन्त्री तहलाई नै सहयोगी भूमिकामा रहेर सहयोग गर्ने छ ।’

तब मात्र समृद्धिको सपना साकार हुने उनको भनाइ छ ।

हामीलाई अबका दिनमा विकास मात्र हैन तीव्र विकास चाहिन्छ भने जस्तै गरी यो क्षेत्र अघि बढ्न आवश्यक रहेको स्केफका पूर्व अध्यक्ष वदनलाल श्रेष्ठको भनाइ छ ।

महासचिव सापकोटाले पूर्वाधार विकासमा नयाँ कल्चर, नयाँ सोच, नयाँ टेक्नोलोजी, नयाँ जोश र जाँगरले मुलुक नै नयाँ बनाउन कसरी सकिन्छ भन्ने सोच आफूहरुले दिने दाबी गरेका छन् ।

तस्वीरमा :

  

 

 

...

शनिबार, २२ पुस, ०७४

 

प्रतिक्रिया

Related