राष्ट्रपति भण्डारीले गरिन् उद्घाटनः राजधानीमा हिमालयन हाइड्रो एक्स्पो–२०१८

निर्माण सञ्चार, काठमाडौं । जलविद्युत्को क्षेत्रमा अपार सम्भावना भएको मुलुकका रुपमा नेपाल चिनिन्छ ।

यतिबेला नेपाली हाइड्रो उत्पादन क्षेत्रमा जुटेको निजी स्तरको स्वतन्त्र ऊर्जा उत्पादक (इपान) ले राजधानी काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो( २०१८’ सुरु गरेको छ ।

शुक्रबारदेखि सुरु भएको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

३ दिनसम्म चलेको एक्स्पामा चीन, भारतलगायत तेस्रो मुलुकबाट पनि सहभागिता रहेको आयोजकले बताएको छ ।

एक्स्पोमा जलविद्युत् उत्पादक, लगानीकर्ता तथा यसबारे जान्न चाहने जो कोहीका लागि विभिन्न टेक्निकल सत्रहरुमा नीगित बहस भएका छन् ।

शुक्रबार सुरु भएको एक्स्पो आइतबार विशेष कार्यक्रम सहित समापन हुने छ ।

 

एक्स्पोमा पूर्वाधार विकास र हाइड्रो उत्पादन, वितरणका लागि चाहिने अत्याधुनिक उपकरणहरु समेत प्रदर्शनीमा रहेका छन् । 

...

आइतबार, २३ पुस, ०७४

 

प्रतिक्रिया

Related