विकासमा अवरोध गर्ने उद्देश्यले अज्ञात समूहद्वारा हेभी इक्विप्मेन्टमा आगजनी

विकासका कार्य भएको देख्न नचाहने र अस्वस्थ प्रतिस्पर्धामा आउन चाहने व्यवसायीक तत्वले घटना घटाएको हुनसक्ने आशंका
निर्माण सञ्चार, स्याङ्जा | निर्माण कार्य गरिरहेको अवस्थामा गत बुधबार (पौष १९) राति १२ बजे स्याङ्जामा हेभी इक्विप्मेन्टको आगजनी भएको छ ।

विकासका काममा भएको यस्तो घटनाले हेभी इक्विप्मेन्ट व्यवसायी तथा निर्माण व्यवसायीलाई काम गर्ने निरुत्साहित बनाएको भुषाल इन्टरप्राइजेज प्रा.लिका सञ्चालक रामप्रसाद भुषालले निर्माण सञ्चारसँगको कुराकानीमा बताए ।

भीरकोट नगरपालिका वडा नं ६ ग्रामीण सडकको आँधीखोला करिडोर नजिकै रहेको गाउँमा जाने बाटो विस्तारका लागि स्थानीय उपभोक्ता समिति सिमलचौर आमडाँडा पिसेधी ग्रामीण सडक उपभोक्ता समितिले स्काभेटर भाडामा लगेको थियो ।

निर्माण सञ्चारसँगको कुराकानीमा स्काभेटरका सञ्चालक भुषालले स्याङ्जामा यस्तो किसिमको घटना २०६२/६३ सालको द्वन्दकालमा समेत नभएको बताए ।

विकासका काममा गरिएको यस्तो निन्दनीय कार्यको कारण के हुनसक्छ त भन्ने प्रश्नमा उनी भन्छन्: ग्रामीण क्षेत्रमा विकासका कार्य भएको देख्न नचाहने र अस्वस्थ प्रतिस्पर्धामा आउन चाहने व्यवसायीक तत्वले यो घटना घटाएको हुनसक्ने आशंका रहेको छ ।

...

आइतबार, २३ पुष ०७४ 

प्रतिक्रिया

Related