हेर्नाेस् ग्यास सञ्चालकको बदमासी, ओम र नमस्ते ग्यासमा नापतौल विभागले मार्यो छापा

सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण गर्नुको साटो पुराना सिलिन्डरमा नयाँ रंग पोतेर बिक्री गरेको खुलासा
निर्माण सञ्चार, काठमाडौं । नेपालमा पछिल्ला दिनमा उपभोक्ताको जीवन र स्वास्थ्य माथि नै खेलवाड गर्ने गरी ग्यासहरु पनि उत्पादन भइरहेको प्रमाण भेटिदा पनि अब अचम्म नमाने हुन्छ ।

वीरगन्जको सुपर ग्यास प्लान्टमा आगलागी भएपछि ग्यास उद्योगको अनुगमनमा निस्किएको गुणस्तर तथा नापतौल विभागले आइतबार दुई ओटा ग्यास उद्योगमा छापा मारेको छ ।

विभागले आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि सिल गरेको जनाएको छ ।

धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा विभागको अनुगमन टोलीले सिल गरेको हो ।

विभागका केमिकल इन्जिनियर मनिष कर्णका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइसकेको छ ।

विना परीक्षण बिक्री

विभागको अनुगमनबाट ओम ग्यास उद्योग प्रालिले एलपिजी सिलिन्डरको ‘टेर वेट’ परीक्षण नगरीकनै बिक्री गरेको पाइएको बताएको छ ।

ग्यास उद्योग सञ्चालन निर्देशिका अनुसार हरेक १० वर्षमा सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण गर्नुपर्ने हुन्छ ।

तर यी ग्यास उद्योगले त्यसो नगरी पुरानै सिलिन्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको पुष्टि भएपछि विभागले यिनलाई सिल गरेको हो ।

विभागले नमस्ते ग्यास उद्योग प्रालिमाथि गरेको अध्ययनबाट उसको पनि भल्भ मर्मत नगरिएको र गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पुष्टि भएको जनाएको छ ।

अध्ययनबाट पुष्टि हुनासाथ आइतबार नै यी उद्योगमाथि विभागले सिल गरेको हो ।

सुगम माथि पनि एक्सन

आजै, विभागले धादिङकै सुगम ग्यास उद्योगको पनि अनुगमन गरेको छ । उसका सिलिन्डरमाथि आशंका र उपभोक्ताको गुनासो बढेपछि विभागले अनुगमन गरेको जनाएको हो ।

आशंका पुष्टि भएमा सुगमा माथि पनि कारबाही गरिने विभागको भनाइ छ ।

पछिल्ला दिनमा ग्यास उद्योगमाथि अनुगमनमा ओर्लिएको विभागले आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइएपछि गत शुक्रबार काभ्रेका सागर ग्यास, सूर्य ग्यास र चण्डी ग्यास उद्योगलाई नै बन्द गरेको छ ।

पढौं यो पनि 

हरे शिव ! वीरगन्जको ग्यास प्लान्ट आगलागीमा परेर उम्कन सफल यी घाइतेको दयनीय अवस्था (तस्वीरमा)

 

 

...

आइतबार, २३ पुस, ०७४

 

प्रतिक्रिया

Related