जलविद्युतमा लगानी बन्ने छ जिन्दगानीः ६ विद्युत् कम्पनीले ११ अर्बको साधारण सेयर जारी गर्दै

साधारण सेयर (इनिसियल पब्लिक अफरिङ–आइपिओ) जारी गर्ने तयारी
निर्माण सञ्चार, काठमाडौं । केही दिनमै सार्वजनिक गर्ने गरी ६ ओटा जलविद्युत् कम्पनीले ११ अर्ब रुपियाँ बढीको साधारण सेयर (इनिसियल पब्लिक अफरिङ–आइपिओ) जारी गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट निष्कासन गर्ने स्वीकृति पाइसकेका ती सबै कम्पनीहरुले सर्वसाधारणका लागि छुट्ट्याइएको सेयर जारी र निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरिसका छन् ।

कुनले, कति र कसरी ?

ती कम्पनीहरुले सर्वसाधारणबाट ११ अर्ब ४४ करोड ५१ लाख ५६ हजार रुपियाँ उठाउन ९ करोड ८० लाख ८६ हजार ७ सय ७५ कित्ता सेयर जारी गर्ने भएका हुन् ।

बोर्डका अनुसार राधी विद्युत्, पञ्चकन्या माई हाइड्रो पावर, सान्जेन जलविद्युत्, रसुवागढी हाइड्रो पावर र कालिका पावर कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्नेछन् ।

यस्तै, बुटवल पावर कम्पनी (बिपिसी) ले भने ४० लाख ८१ हजार कित्ता एफपिओ (फर्दर पब्लिक अफरिङ) जारी गर्ने भएका हुन् । बिपिसीले प्रतिकित्ता ५ सय १ रुपियाँ मूल्य राखेर एफपिओ जारी गर्ने भएको छ ।

त्यस्तै, अन्य ५ कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सय रुपियाँ नै हुने जनाएका छन् ।

राधीले ६ लाख १५ हजार, पञ्चकन्याले ९९ लाख, सान्जेनले २ करोड ७३ लाख ७५ हजार, रसुागढीले ५ करोड १३ लाख १५ हजार ७ सय ५० र कालिकाले ४८ लाख कित्ता सेयर जारी गर्नेछन् ।

राधीले नबिल इन्भेष्टमेन्ट बैंकिङ, पञ्चकन्याले सनराइज क्यापिटल र नबिल तथा सान्जेनले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक तोकेका छन् ।

त्यस्तै, रसुवागढीले सिद्धार्थ, एनआइबिएल, ग्लोबल आइएमइ र सनराइज क्यापिटल तथा कालिका पावरले काठमाडौं र ग्लोबल आइएमइलाई नियुक्त गरेका छन् ।

आइपिओ लिन कम्मर कसे हुन्छ !

 

 

 

...

आइतबार, २३ पुस, ०७४

 

प्रतिक्रिया

Related