भण्डारण क्षमता बढाउन सेयर जारी गर्दै निगम

निर्माण सञ्चार, काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणलाई सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गरेर भण्डारण क्षमता बढाउन लागेको हो ।

हाल निगमको चुक्ता पुँजी २९ करोड रुपियाँ छ । उक्त रकमबाट पुँजी वृद्धि गरेर २० अर्ब रुपियाँ पुर्याउने लक्ष्यअनुरूप निगमले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो ।

सरकारी, रणनीति साझेदार र सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागेको निगमको भनाइ छ । पुँजी वृद्धिका लागि सर्वसाधारणका लागि ६ अर्ब, रणनीतिक साझेदार (संस्थापक) का लागि ३ अर्ब र नेपाल सरकारलाई ११ अर्ब रुपियाँको सेयर जारी गरिने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

साझेदार कम्पनीमा बैकिङ, बिमा क्षेत्र र कर्मचारी रहने छन् । निगमले बोनसका रूपमा जम्मा गरिएको रकम र मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकम सरकारी सेयरका रूपमा रहने निगमको भनाइ छ ।

इन्धन भन्डारणस्थल निर्माण गर्नका लागि ५० अर्ब रपियाँ लाग्ने र यसका यसका लागि पुँजी वृद्धि गदै जानुपर्ने भट्टराईले बताए ।

सर्वसाधारणलाई सेयर जारी सँगै प्रत्येक वर्ष मुनाफा वितरण गर्ने र निगमलाई पारदर्शी बनाउदै जाने उनको भनाइ छ ।

अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, आपूर्ति मन्त्रालय र निगम संलग्न समितिले गरेको अध्ययनले निगम सुधार गर्नका लागि चुक्ता पुँजी बढाउनुपर्ने प्रतिवेदन पेश गरेको थियो ।

सोहीअनुसार पुँजी वृद्धि गर्न लागिएको निगमको भनाइ छ । निगमका अनुसार मासिक ४ अर्ब रकम राजस्वबापत सरकार र इन्धन खरिदबापत १० अर्ब रकम इन्डियन आयल कर्पोरेसनलाई बुझाउने गर्छ ।

निगमका अनुसार पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालय सकारात्मक रहेको छ । निगम कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भए पनि चुक्ता पुँजी न्यून छ ।

अहिले नयाँ ऐन २०६३ जारी भइसकेकाले सोही अवधारणमा जान आवश्यक भएको जनाएको छ । सेयर जारी गर्ने विषयलाई निगमको साधारणसभाले समेत स्वीकृति दिएको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयले पनि ३० अर्बका लागि स्वीकृति दिएको निगमको भनाई छ । वार्षिक डेढ खर्ब रुपियाँको कारोबार गर्ने निगमको हाल पुँजी २९ करोड २३ लाख ९५ हजार ७ सय रुपियाँ छ ।

त्यसमध्ये सबैभन्दा बढी सरकारको ९९.४६ प्रतिशत ९२९ करोड ८ लाख २० हजार ७ सय रुपैयाँ सेयर छ ।

यस्तै नेसनल ट्रेडिङको ०.२५६ ९७ लाख ५० हजार, राष्ट्रिय बिमा कम्पनीको ०.१५३ ९४ लाख ५० हजार रुपियाँ, नेपाल बैंकको ०.०७७ ९२ लाख २५ हजार रुपियाँ र राष्ट्रिय वाणिज्य बैंकको ०.०१५३ ९१ लाख ५० हजार रुपियाँ सेयर छ ।

...

सोमबार २४ , पुस ०७४

प्रतिक्रिया

Related