पर्याप्त प्रचार हुन नसक्दा पशु बिमा संकटमा

बिमा कार्यक्रम सरकारको देखाउने दाँत मात्रै
निर्माण सञ्चार, काठमाडौं । सरकारले कृषकलाई सुरक्षित तुल्याउन पशुबिमा कार्यक्रम लागु गरेपनि प्रभावकारी बन्न सकेको छैन ।

करोडौं रुपिंया पशु विमाका लागी छुट्याइदापनि पशुपालकहरुले पश विमा गर्न सकेका छैनन् ।

सरकारले विमा कार्यक्रमका वारेमा पर्याप्त प्रचारपसार नगर्दा र विमा कम्पनिहरु विकट ठाउँसम्म नपुग्दा पशु विमा कार्यक्रम नाम मात्रैको भएको छ ।

चार महिनामा आठ सय ५१ पशुपंक्षि विमीत

२०७४-०७५ को पछिल्लो चार महिनामा आठ सय ५१ पशुपंक्षिको बिमा गरिएको पशुपंक्षि बिकास मन्त्रालयले वताएको छ ।

यस आर्थिक वर्षमा पशुविमा शिर्षकमा १५ करोड रुपिंया विनीयोजन गरिएको छ ।

यद्यपि एक चौमासिक वितीसक्दा सम्म निकै कम मात्रामा पशुपालकहरुले पशुबिमा गरेको देखिएको छ ।

सरकारले योजना बनाएपनि कार्यान्वयनमा ध्यान नदिँदा पशु बिमा कार्यक्रम अन्योलमा पर्ने त होईन भनेर प्रश्न चिह्न खडा भएको व्रोईलर पाल्दै आएका दाङ नारायणपुरका चन्दन भण्डारीले बताए ।

उनले भने ,–‘सरकारले पशु विमा कार्यक्रम भनेर ल्याएको छ । त्यो त नारामामात्रै त होला । हामिलाई केहि जानकारीनै छैन । ’ 

५० करोड रुपिंया बिमाङक खर्च लाग्ने अनुमान

पशुपंक्षि विकास मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार दुई लाख ५८ हजार ९ सय ५४ वटा पशुपंक्षि बिमीत भएका छन् । पशुपंक्षि बिकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत अम्मर रायले वताए ।

पशुका लागी ३५ करोड २० लाख ४८ हजार र पंक्षिको लागी १५ करोड ५६ लाख रुपैंया विमाङक रकम लाग्ने अनुमान गरीएको छ ।

मन्त्रालयका वरिष्ठ पशु बिकास अधिकृत अम्मर रायले भने,– ‘पशु चिकित्सकले स्वास्थ्य परिक्षण प्रमाण–पत्र दिएपछि मूल्याङकन गरी विमा कम्पनीलाई प्रस्तावको रुपमा पठाउने गरिन्छ । कम्पनीवाट प्रस्ताव पारित भएर आएपछि बिमा हुने गरेको छ । विमा गरेको पशु एक वर्षभित्रै मरेमा मुल्याङकन भए अनुसारको क्षतिपुर्ति पशु धनीले पाउने गर्दछन् ।’

पशुविमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदान वापत विमा कम्पनीलाई भुक्तानी दिने मन्त्रालयले बताएको छ ।

पशुविमाका लागि कुल मुल्यको ४ प्रतिशत र पंक्षि विमाका लागि कुल मूल्यको ५ प्रतिशत रकम खर्च लाग्ने पशुपंक्षि विकास मन्त्रालयले बताएको छ ।

विकट स्थानका किसानहरुले विमा कम्पनीहरुले सजिलै पशुहरुको समयमा पशु बिमा गर्न नमानेको गुनासो गर्दै आएका छन् ।

विमाका कार्यक्रम प्रभावकारी हुन नसक्दा सरकारले ल्याएको कार्यक्रम औपचारिकतामा मात्रै सिमीत भएको सरोकारवालाहरु वताउँछन् । 

कसरी विमा गर्ने ?

पशुपंक्षी विमा गराउन चाहने विमीतले कम्पनिले उपलब्ध गराएको पशु पंक्षी तथा बाली बीमा प्रस्ताव फारम पूर्णरुपले भरी बाली र पशु पंक्षीको विवरण पूरा खोल्नुपर्छ।

साथै पशु पंक्षी स्वास्थ्य विवरणमा सम्बन्धीत पशु चिकित्सक,प्राविधिक,कृषि प्राविधिक बाट भराउनु पर्छ ।

सो पशु पहिचानको लागि चिकित्सक वा प्राविधिकबाट संकेत पट्टा लगाई सो को नम्वर पनि वीमा प्रस्ताव फाराममा उल्लेख गर्नुपर्ने प्राबधान छ ।

विमा पश्चात पशूपंक्षी नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनुपर्ने र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाणपत्र, सक्कल विमालेख र सर्ज्मिन मूचूल्का पेश गरेपछि ठांउ हेरी वढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइने व्यवस्था रहेको पशु पंक्षि विकास मन्त्रालयले वताएको छ ।

 

....

सोमबार, ११ मंसिर ०७४ 

प्रतिक्रिया

Related