उपत्यकाका आर्कब्रिजको कहानी–उद्घाटन हुनुअघि भाँचिएको विष्णुमती पुल बनेन चार महिनासम्म

निर्माण सञ्चार, काठमाडौं । काठमाडौं उपत्यकामा आर आकारका आर्कब्रिज पुल निर्माण गरिएपनि निर्माण थालिएको केही समयमै भाँचिएका छन् ।

निर्माण कम्पनी पुल निर्माणमा संवेदनशील बन्न नसक्दा पुलहरु भाँचिएको भाचिँदै गएका छन् ।

काठमाडौंको डल्लु र ढल्को जोड्ने गरी विष्णुमती खोलामा निर्माणाधीन पुल भत्किएको लामो समय बितेपनि अझै मर्मत कार्यले पूर्णता पाउन सकेको छैन ।

जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या पर्ने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ जोड्ने गरी निर्माण गरिएको पुल निर्माण हुँदै गर्दा गत साउनमा पुल भत्किएको थियो ।

ठेकेदार कम्पनी हिमसगरमाथा कन्सट्रक्सनले भने पुलले स्ल्यावको भार थेग्न नसक्दा भत्केको जानकारी दिएको छ ।

कन्सट्रक्सनका प्रबन्ध निर्देशक सूर्य तिमिल्सीनाले भने– ‘ अबको केही दिनमै पुल मर्मत कार्य सकिन्छ । अहिले पुलको डिजाइननै परिवर्तन गरेर फलामको पाता राख्ने काम भइरहेको छ । ’

पुल निर्माणको कुल बजेट एक करोड ५० लाख रुपियाँ रहेको निर्माण कम्पनीले बताएको छ ।

कमसल निर्माण सामाग्रीको प्रयोग गरेर पुल निर्माण गरिएका कारण बनाउँदा बनाउँदै भत्किएको स्थानीयले बताएका छन् ।

निर्माण सकेर उद्घाटन गर्ने तयारीमा रहेको पुलमा राख्न लागिएका स्ल्यावको भार थेग्न नसकेर गत साउनमा पुल भत्केको हो । बजेट सक्ने गरी कम गुणस्तरका सामाग्री प्रयोग गरेर निर्माण गरिएको कारण पुल भत्केको स्थानीयले आरोप लगाएका छन् ।

विष्णुमती खोलामा कालिमाटीदेखि नयाँ बजारसम्म दशवटाभन्दा बढी पुल रहेका छन् । सडक विभागले स्थानीयसँग समन्वय नगरी डेढ करोडको लगानीमा आवश्यक नभएको ठाँउमा पुल निर्माण गरेको स्थानीयको गुनासो छ । सो पुल स्टिल ट्रष्टबाट निर्माण गरिँदै थियो ।

यस्तै, एसियाली विकास बैंकको १५ लाख रुपियाँ सहयोगमा बिष्णुमती वारिपारी जोड्ने ढल्को पुल मर्मत भइरहेको छ ।

मर्मतको काम आगामि मंसिर अन्तिम सातासम्म सकिने मर्मतको जिम्मेवारी लिएको हिमसगरमाथा कन्सट्रक्सनले बताएको छ । योजनाहरु डबलिदाँ मर्मत कार्यमा ढिलाइ भइरहेको बुझिएको छ । मर्मत गर्दै जाँदा मेलम्ची, बाग्मती उच्च स्तरीय विकास मापदण्ड लगायतका योजनाहरु त्यसैमा डबलिङ पर्दा पुलको डिजाईनसमेत परिवर्तन गरिँदा ढिलाई भएको दीगो सहरी यातायात आयोेजनाका निर्देशक विमल सुबेदीले निर्माण सञ्चारलाई बताए ।

आयोेजनाका निर्देशक सुवेदीले भने, ‘अहिले पुल जडानको अन्तिम काम भईरहेको र अवको केही हप्तामै पुल सञ्चालनमा आउने भन्ने जानकारी हामीलाई निर्माण कम्पनीले दिएको छ । अब छिट्टै सञ्चालनमा आउला ।’

सरकारले ०७१ पुस १३ गते ट्राफिक जाम कम गर्ने तथा सहरी सौन्दर्य बढाउने उद्देश्यले बिजुलीमा आर्क नेटवर्क ब्रिजुको ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

सरकारी योजनाअनुसार नै प्रक्रिया अघि बढेर ठेक्का लागे पनि निर्माण भने तोकिएको समयमा सकिने अवस्था छैन ।

‘कस्तो हुन्छ आर्क नेटवर्क ब्रिज’ ?

आर्क नेटवर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो, यसको डिजाइन निर्माण गर्ने ठेकेदारले नै तयार गर्छन् । ब्रिजको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ । बीचमा बलिया तार जडान गरिन्छ ।

बीचमा गार्डर दलिन पनि राखिनेछ ।

नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।

 

...

मंगलबार, १२ मंसिर, ०७४

प्रतिक्रिया

Related