आऊ, मिलाऊँ हाम्रा हातहरु ... बनाऊँ सफा हराभरा हाम्रो सम्पदा

निर्माण सञ्चार, काठमाडौं ‘के गरेको यो ?’

‘पशुपति क्षेत्रको सरसफाई, सहजै जवाफ दिइन् एक किशोरीले ।
 
कहाँबाट आएको ? प्रश्नको जवाफमा उनले भनिन्, ‘गोल्डेन गेट कलेजको स्नातकका हामी विद्यार्थीहरु हौं, हामीले लिभिङ विथ इन्भान्र्मेन्ट गठन गरेर यसरी सम्पदा सरसफाइ गर्न सुरु गरेका हौं ।
 
के यो पहिलो दिन हो ?
 
हजुर, हाम्रो यो पहिलो दिन हो ।
 
कन्टिन्यु हुन्छ ?
 
सहयोगी हातहरु र प्रेरणा मिल्यो भने हामी यो अभियानलाई नमूना बनाएर छाड्छौं ।
 
यो जवाफ दिने किशोरी थिइन्, सो संस्थाकी सचिव एलिसा घिमिरे । उनका साथमा संस्थाका सबै सदस्यहरु थिए ।
०००

यसरी कलेजको नयाँ पुस्तालाई मात्रै वातावरण सफाइमा हरेक कलेजले व्यस्त राख्ने हो भने सभ्यता घरघरबाटै चम्किन के बेर लाग्थ्यो र !

महिनाको एउटा शनिबार बागमती सफाइ गर्ने तर, २ सयौं हप्ता पुगेको भन्दै ढ्वाङ पिट्ने चलनमा रम्नेहरुका लागि यी युवाहरुको अभियान वास्तवमै गतिलो जवाफ बन्न सक्छ ।

यदि यसैगरी निरन्तरता दिने र समाजका सबै निकायले सहयोगी हातहरु फैलाउने हो भने ।

गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेजका स्नताक पढ्दै गरेका भाइबहिनीहरु शनिबार, कात्तिक ११ गते एका विहानै पशुपति क्षेत्रमा उत्रिए । हातमा झाडू र प्लास्टिक झोला बोकेर गौशाला हुँदै पशुपति आसपासका क्षेत्रमा यो युवा टोलीले सरसफाइ गर्यो ।

‘लिभिङ विथ इन्भान्योमेन्ट’ नामक गैरसरकारी संस्था जन्माउने बितिकै उत्साही भएर सम्पदा सरसफाइ गर्न होमिएका यी भाइबहिनीबाट अरुले पनि केही सिक्ने हो कि !

यो पनि त्यस्तै प्रेरणा हो, केही वर्ष अघि जेभियर्स कलेजका विद्यार्थीले भूकम्प पीडित गोरखाका विद्यार्थीका लागि सडकमा जुत्ता पोलिस गर्ने अभियान सञ्चालन गरेर पैसा जम्मा गरेका थिए । यसरी जम्मा गरेको पैसा भूकम्प पीडित बालबालिकाको लागि प्रदान गरिएको थियो ।

 थप तस्वीरहरु 

___

तस्वीर- निर्माण संचार 

 ...

बुधबार, १३ मंसिर, २०७४

 

प्रतिक्रिया

Related