राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल चेम्बर एक्स्पाे २०१७’ उद्घाटन

निर्माण सञ्चार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा मंसिर १४ गते देखि १८ गतेसम्म भृकुटी मण्डप प्रदर्शनी कक्षमा ‘नेपाल चेम्बर एक्स्पाे २०१७’ आयोजना हुँदैछ ।

तेस्रो चेम्बर मेलालाई बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस एक्स्पाेमा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरिया, जापान गरी ८ वटा देशको २ सय २५ वटा स्टल रहने छन् ।

यसले देशको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि सहजीकरणको भूमिका खेल्ने लक्ष्य लिइएको छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रसम्म नेपाली उद्योगी व्यवसायीहरुलाई पुर्याउन सहयोग मिल्ने आयजकको विश्वास छ ।

प्रदर्शनीले आर्थिक सम्भाव्यताको खोजी तथा गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ताहित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई समेत प्रथामिकता दिनेछ ।

यस एक्स्पाेको दक्षिण कोरिया एक्स्पाे पार्टनर कन्ट्री रहेको छ भने थाइल्याण्डले फोकस कन्ट्रीको रुपमा सहभागिता जनाएको छ ।  एक्स्पाेमा Automobile, Electrical & Electronics, Flooring & Furnishing, Home Appliances, Fashion wear & Accessories, Mobile & Gadgets, FMCG आदि सामाग्रीहरु प्रदर्शनीमा राखिने जानकारी गरिएको छ ।

चेम्बरले बुधबार गरेको पत्रकार सम्मेलनमा अक्ष्यक्ष श्रेष्ठले मेलाले नेपाली व्यवसायीलाई धेरै सिक्ने र आफ्ना उत्पादनलाई ब्राण्डको रुपमा स्थापित गर्न सहयोग गर्ने बताए ।

मेलामा करिब तीन लाख अवलोकनकर्ताको सहभागिता हुने र रू. २ अर्ब भन्दा धेरैको आर्थिक कारोबार हुने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अपेक्षा लिएको एक्स्पाेका नायब निर्देशक तेजसिंह विष्टले बताए ।

‘नेपाल चेम्बर एक्स्पो २०१७’ को मुख्य प्रायोजक SAMSUNG ELECTRONICS रहेको छ भने सहप्रायोजकमा HERITAGE CARPET रहेको छ ।

यसैगरी, अफिसियल इन्सूरेन्समा PRABHU INSURANCE रहेको छ ।

मेलामा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरीया र जापान गरी आठ देशको २ सय २५ स्टल रहने बताइएको छ ।

 

...

बुधबार, १३ मंसिर, २०७४

प्रतिक्रिया

Related