भेरी बबई डाइभर्सनः २० दिनको उपलब्धि ३ सय मिटर

बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुने, ४८ मेगावाट विद्युत उत्पादनको लक्ष्य
निमार्ण सञ्चार, काठमाडौं | चीनबाट टनेल बोडिङ (टिबीएम) ल्याएपछि भेरी बबई डाइभर्सनको सुरुङ खन्ने कार्य २० दिनमै ३०० मिटर पूरा भएको छ ।

जम्मा दुरी १२ किलोमिटर सुरुङ खन्नु पर्ने, सन् २०२०मा खनिसक्ने लक्ष्य टिबीएम नल्याउँदा १५० मिटर सुरुङ खन्न ८० दिन लागेको थियो ।

यसैअनुपातमा परम्परागत ढङ्गले खनेको भए ३०० मिटर सुरङ खन्न झण्डै ५ महिना लाग्थ्यो ।

यस आयोजनाको जम्मा दुरी १२ किलोमिटर सुरुङ खन्नु पर्नेछ । जसअन्तर्गत आयोजना सन् २०२० सम्ममा खनिसक्ने लक्ष्य लिइएको छ ।

सुरुमा परम्परागत रुपमा नै खन्न थालिएको थियो । यसरी खन्दा दिनको २ मिटरभन्दा बढी खन्न नसकेपछि विकल्पमा चीनबाट टनेल बोडिङ मेसिन मगाइएको हो ।

आयोजनाका प्रमुख शिवकुमार बस्नेतले उक्त मेसिन नै २ सय मिटर लामो रहेको र सो मेसिन जडान गर्नलाई परम्परागत तरिकाले १ सय ५० मिटर लामो सुरुङ खनिएको छ ।

प्रमुख बस्नेतका अनुसार टनेल बोडिङ मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्नेछ ।

कुल १२ मध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ हाल काम भइरहेको बस्नेतले बताए ।

राष्ट्रिय गौरवको यस आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ ।

साथै ४८ मेगावाट विद्युत उत्पादन गर्ने योजना समेत लिइएको छ । सोही अनुसार सिंचाइका लागि सुरुङ खन्ने काम अघि बढिसकेको छ । तर, बिजुली उत्पादका लागि भने आयोजनाले काम अघि बढाएको छ्रैन ।

‘जोखिमपूर्ण मानिएको सुरुङ खनिसकेपछि पावर हाउस र हेडवक्र्सको काम अघि बढाउछौँ’ प्रमुख बस्नेतले भने,‘ हाल कागजात बनाउने काम भइरहेको छ ।

यस आयोजनाको लागत ६ वर्षअघि १६ अर्ब ५६ करोड अनुमान गरिएकोमा थियो । अब उक्त रकममा सो आयोजना सम्पन्न गर्न असम्भव रहेको वस्नेतको भनाई छ ।

२०७३/०७४ आवमा यस आयोजनाको लागि ८६ करोड रुपियाँ बिनियोजन गरिएको थियो ।

चालू आर्थिक वर्षमा भने ६७ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

तर, यस वर्ष विनियोजन रकम अपुग हुने भन्दै आयोजनाले थप रकमको व्यस्था गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ ।

...

बिहीबार १४, मंसिर ०७४ 

प्रतिक्रिया

Related