नीति निर्देशनकै अभावमा स्थानीय सरकारले सकेन विकासको गति लिन

१ अर्ब बढी बजेटको १० प्रतिशत भन्दा बढी भएन पूँजीगत खर्च, सडक नबन्दा ज्यान जोखिममा
निर्माण सञ्चार, जुम्ला | स्थानीय तहको निर्वाचन भएको झण्डै ६ महिना वितिसक्दा पनि स्थानीय सरकाले विकास निमार्णमा गति लिन सकेको छैन ।

गाउँ–गाउँमा सिंहदरबारका नारा घन्काउँदै सरकार संघिय संरचनामा गएपनि त्यसको प्रभावकारिता भने अहिलेसम्म देखिएको छैन ।

३१ वैशाखमा चुनाव भइसकेपछि असारतिर गाउँपरिषद् समेत बसेर विभिन्न विकास निमार्णका लागि करोडौ बजेट विनियोजित पनि गरिएको थियो ।

तर, आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिक सकिँदासम्म आवश्यक नीति निर्देशनको अभावले स्थानीय तहमा कुनै प्रभावकारी विकास निमार्णका काम हुननसकेको गाउँपालिका अध्यक्षहरु बताउँछन् ।

स्थानीयमा बन्ने हरेक विकास निमार्णका संरचनाहरु मैत्रीपुर्ण र मापदण्डअनुसार बनाउन करोडौ बजेट छुटाएपनि सोहीकारण गति लिन नसकेको पाइएको छ ।

जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा न्यूनतम २५ करोडका दरले बजेट आएको हो ।

विकास निमार्ण तथा चालू आर्थीक वर्ष गररे आएको करोडौ बजेटले स्थानीय तहको काचुली फेर्ने आशा केवल आशामा मात्रै सिमित रहेको आम नागरिहरुको गुनासो छ ।

विज्ञहरुक अनुसार आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि जुम्लाका सबै स्थानीय तहमा पूजिँगत खर्च १० प्रतिशत भन्दा बढि हुन सकेको छैन ।

कुनै पनि स्थानीयतहले खानेपानी, शिक्षा, स्वास्थ्य कृषि लगायतका क्षेत्र सुधारका लागि उल्लेखिय काम नगरेको नागरिक अगुवाहरुले बताएका छन् ।

अलमलकै बिच स्थानीय तहको संरचनागत विकासमा खासै प्रभावकारी हुन नसकेको पातारासी गाउँपालिका अध्यक्ष लक्षमनी बोहोराको भनाइ छ ।

‘आफ्नो गाउँपालिकामा अन्यौलताका बिच केहि विकासका कार्य भएको छ’ अध्यक्ष लक्षमनीले भने,‘आवश्यक मापदण्ड, निति निर्देशन नँहुदा भने अन्यौलताको भरले विकास निमार्णलाई त्यति गति दिन सकिएको छैन ।’

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले भने ठुला विकास निमार्णका योजनाभन्दा ५ देखि १० लाखसम्मका ४५ वटा योजनाहरु विकास निर्माणकै क्रममा रहेको बताए ।

स्थानीय सरकार संचालनका यावत अन्यौलताका बिच पनि अन्य गाउँपालिका भन्दा पुजिँगत खर्च बढि भएको उनको दाबी छ ।

तर, समग्र जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा आएको १ अर्ब बढि बजेटको १० प्रतिशत भन्दा बढि पुजिँगत खर्च हुननसकेको विज्ञहरुको भनाइ छ ।

सरकार स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेश सभाको निर्वाचनमा व्यस्त रहेकाले पनि समस्या भएको आकलन गरिएको छ । तर, अहिलेसम्म कुनै स्थानीय तहमा विकास निमार्ण काम भएको देखिएको छैन ।

किन लक्ष्य अनुसार पुजिँगत खर्च हुन नसकेको ? निर्माण मिडिया संवाददाताको यस प्रश्नमा प्रायः जनप्रतिनिधिहरुले पहिलो पटक पनि भएको र आवश्यक नितिनिर्देशन पनि नभएकाले काम हुन नसकेको बताउने गरेका छन् ।

हालसम्म पनि मोटरबाटो अभावकै कारण सुत्केरी, बिरामी घरमै छटपटाइरहनुपर्ने बाध्यता ज्यूको त्यू छ ।

गाउँपरिषदमा ग्रामिण सडक निमार्णमा विशेष प्रथामिकता दिने भन्दै पास गरिएको बजेट कुनै स्थानीय तहमा पनि परिचालन नहुँदा अकालमै ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ ।

........

जुम्लाबाट निर्माण सवांददाता सागर परियार

...

बिहीबार, १४ मंसिर ०७४ 

प्रतिक्रिया

Related