एक महिनामै गुणस्तरीय भवन निर्माण सक्न मेयर सरावगीको ताकेता

नयाँ शैक्षिक शत्रदेखि महानगरभित्र अंग्रेजी माध्यमबाट अध्यापन गराइने योजना
निर्माण सञ्चार, बारा | वीरगंजको सिद्दार्थ माविमा निर्माण भइरहेको भवन गुणस्तरीयरुपमा एक महिनाभित्र सक्न निर्देशन गरिएको छ ।

विरगंज महानगरपालिका मेयर विजय सरावगीले बुधबार विधालयको निरीक्षण गर्र्दैै एक महिनाभित्र निर्माण सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरेका हुन् ।

३ करोड ५० लाखको लागतमा निमार्ण भइरहेको २० कोठे भवनको निरीक्षण गर्दै सरवागीले भने ‘ठेकेदारज्यु अब चाडै निमार्ण कार्य सम्पन्न गर्नुपर्यो, केही समयमै हामीले +२ संचालन गर्नुपर्छ ।’

विगत २७ वर्षदेखि बेन्च र भवनको अभावमा संचालन भइरहेको सिद्दार्थ माविमा अघिल्ला दिनमा २ पटकसम्म कक्षा संचालन भइरहेको थियो ।

तर, पछिल्लो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका सरवागी भने विभिन्न निजि सहयोगी दातासँग सहयोग मागेर विद्यालय व्यवस्थापनमा जुटेका छन् ।

हाल विद्यालयमा व्यवस्थित कक्षाकोठा, अत्याधुनिक कम्प्युटर तथा साइन्स ल्यावकोसाथै पुस्तकालयको समेत व्यवस्था गरिएको छ ।

करिब ६० लाखको सारकारी लगानी र विभिन्न सहयोगी दाताहरुबाट जिल्लाकै अत्याधुनिक विद्यालय बनाउने उदेश्य रहेको विद्यालयका प्रध्यानाध्यापक राजेश पाण्डेले बताए ।

विद्यालय स्रोतका अनुसार उक्त भवन बनाउन तथा बेन्च खरिद गर्नको लागि संघाई ग्रुपले १ करोड ५० लाख, शिक्षा कार्यालयले ६० लाख, फुल कुमारी मेमोरियल ट्रष्टले ५० लाख, राजु गाडिया लगायतले सहयोग गरेको छ ।

‘अहिले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा अध्यापन गराइन्छ’ सरावगीले भने,‘ नयाँ शैक्षिक शत्रदेखि हामी +२ संचालन गर्छौ ।’

विद्यालयमा कक्षा कोठा, दृष्टिविहीन छात्रवास तथा शौचालयहरु निर्माण भइसकेपछि विद्यालय झनै व्यवस्थित बन्ने प्रध्यानाध्यापक पाण्डेको भनाइ छ ।

उनका अनुसार हाल विद्यालयमा २५ सय विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक शिक्षिका र ७ जना कर्मचारी अवद्ध छन् ।

नयाँ शैक्षिक शत्रदेखि वीरगंज महानगर अन्र्तगतका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने तयारी भइरहेको मेयर सरावगीले बताए ।

.....

बाराबाट राजु साह कानु

...

बिहीबार, १४ मंसिर ०७४ 

प्रतिक्रिया

Related