निर्माणमा चिनको चमत्कारः १ हजार ७० फिट अग्लो लिफ्ट, डेढ मिनेटमै माथि पुगिने

गिनिज बूक अफ वल्र्ड रेकडर्समा संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता
निर्माण सञ्चार, काठमाडौँ | संसारमा नयाँनयाँ प्रविधिहरू निर्माण भइरहेकै छन् । जसमध्येकै अग्रपक्तिमा रहन सफल चिनले प्रविधिमा फेरी नयाँ चमत्कार गरेको छ ।

हुनान प्रान्तमा चिनले संसारको सबभन्दा अग्लो बाइलंग एलेभेटर आउटडोर लिफ्ट बनाएको छ । उक्त लिफ्ट पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि प्रयोग गरिन्छ ।

सो लिफ्टमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ ।

यो लिफ्ट ३२६ मिटर अर्थात् एक हजार ७० फीट अग्लो रहेको छ ।

गिनिज बूक अफ वल्र्ड रेकडर्समा यो संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता गरिएको छ ।

यस लिफ्टमा डबल डेक एलेभेटर लगाइएको छ र हरेक एलेभेटरको भारवाहन क्षमता चार हजार ९०० किलोग्राम रहेको बताइएको छ ।

अश्चार्य कुरा के हो भने यो लिफ्ट चढेर तलबाट माथि पुग्न मात्रै १ मिनेट ३२ सेकेन्ड लाग्छ ।

...

बिहीबार, १४ मंसिर ०७४

प्रतिक्रिया

Related