राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल चेम्बर एक्स्पो २०१७’ उदघाटन

निर्माण सञ्चार, काठमाडाैं । बिहीबार राजधानीको भृकुटीमण्डपकाे प्रदर्शनी कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ‘नेपाल चेम्बर एक्स्पो २०१७’ मेला उदघाटन भएकाे छ । उक्त आयोजना नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आज (१४ गेत) देखि १८ गतेसम्म चल्नेछ ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले निजी संस्थालाई अर्थिक विकासका लागि लगानी गर्न अनुरोध गरेकी छिन् । उनले भनिन्, ‘निजी संस्थालाई स्वरोजगारमा प्रोत्साहन गर्दै विदेशिएका युवालाई आफ्नै देश भित्र्याउने कार्यमा सरकारले निजी संस्थासँग सहकार्य गर्छ त्यसको लागि तयार रहनुस् ।’

त्यसैगरी, वाणिज्य सचिव चन्द्र कुमार घिमिरेले अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेर व्यापार क्षेत्रको उन्नति गर्नुपर्ने समय आइसकेकोले निजी संस्थालाई ढुक्क भएर लगानी लगाउन अनुरोध गरे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्टले सरकारले निजी क्षेत्रलाई नाफामूलक संस्थामात्र हैन आर्थिक विकासको लागि सहयात्री भनेर बुझेर सहयोग गर्न आग्रह गरे ।

उक्त अायाेजनामा अायाेजक संस्थाका प्रतिनिधि प्रमुखहरूलार्इ प्रमाण पत्र पनि वितरण गरिएकाे थियाे । 

यस एक्स्पोमा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरिया, जापान गरी ८ वटा देशको २ सय २५ वटा स्टल रहने छन् । यसले देशको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि सहजीकरणको भूमिका खेल्ने लक्ष्य लिइएको छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रसम्म नेपाली उद्योगी व्यवसायीहरुलाई पुर्याउन सहयोग मिल्ने आयजकको विश्वास छ । प्रदर्शनीले आर्थिक सम्भाव्यताको खोजी तथा गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ताहित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई समेत प्रथामिकता दिएकाे छ ।

यस एक्स्पोको दक्षिण कोरिया एक्स्पो पार्टनर कन्ट्री रहेको छ भने थाइल्याण्डले फोकस कन्ट्रीको रुपमा सहभागिता जनाएको छ ।

मेलामा करिब तीन लाख अवलोकनकर्ताको सहभागिता हुने र रू। २ अर्ब भन्दा धेरैको आर्थिक कारोबार हुने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अपेक्षा लिएको छ ।

‘नेपाल चेम्बर एक्स्पो २०१७’ को मुख्य प्रायोजक SAMSUNG ELECTRONICS रहेको छ भने सहप्रायोजकमा HERITAGE CARPET रहेको छ ।

यसैगरी, अफिसियल इन्सूरेन्समा PRABHU INSURANCE रहेको छ ।

मेलामा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरीया र जापान गरी आठ देशको २ सय २५ स्टल राखिएकाे छ ।

 

...

बिहीबार, १४ मंसिर, २०७४

प्रतिक्रिया

Related