मतदाता रिझाउन हेटौँडाबाट राजमार्ग छल्ने रणनीति

निमार्ण सञ्चार, काठमाडौं । सरकारले चुनावको माहोलमा विभिन्न समुदायका जनताको मन जित्न पूर्वपश्चिम र त्रिभुवन राजपथको रुट हेटौँडा बजारबाट हटाउने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले मकवानपुरको रातोमाटे–चौकीटोल सडकखण्डलाई पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा जोड्ने निर्णय भएको हो ।

मकवानपुरको रातोमाटेबाट राप्ती पुलसम्मको ३ किलोमिटर बाइपासलाई अब मुख्य राजमार्ग बनाइनेछ ।

यो निर्णय कार्यान्वयन भएपछि हेटौंडा बजारभित्र राजमार्गमा पर्नेछैन । यसको प्रत्यक्ष असर त्यहाँका स्थानीयको व्यापार व्यवसायलाई पर्ने सम्भावना देखिन्छ ।

मकवानपुर १ मा कांग्रेसको गठबन्धनको समर्थनमा राप्रपा अध्यक्ष कमल थापा प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

उपप्रधान तथा उर्जामन्त्री समेत रहेका थापाले मकवानपुर १ का मतदातालाई रिझाउन राजमार्गको रुट परिर्वतन गरिएकाे विपक्षी नेताहरुले बताएका छन् ।

दुबैतर्फ २५–२५ मिटरमा रहेका भौतिक संरचना हटाइ सडक बढाउन खोज्दा आन्दोलन भएको थियो ।

अहिले त्यही भावनालाई प्रयोग गरेर राजमार्गको रुट परिवर्तन गरिएको देखिन्छ । स्थानीय चुनावसँगै सडक विस्तार रोकिएको थियो ।

केही दिनअघि डिभिजन सडक कार्यालयले राजमार्ग विस्तार अघि बढाउने गरी पुनः सूचना निकालेको थियो । तर, मन्त्रिपरिषदले राजमार्गको रुट नै परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय गरेको छ ।

...

बिहीबार १५, मंसिर ०७४

प्रतिक्रिया

Related