बंगलादेश बैँकको ५१ औँ शाखा विस्तार

निर्माण सञ्चार, जुम्ला । सिजा गाउँपालिकाको नराकोटमा बुधबार नेपाल बंगलादेश बैकको ५१ औँ शाखा विस्तार भएको छ ।

प्रोफेस्नल डाइरेक्टर माधवप्रसाद न्यौपाने र डाइरेक्टर मुकुन्द ढुंगनाले औपचारिक कार्यक्रमका साथ रिबन काटेर उद्घाटन गरेका हुन ।

बैंकले स्थानीय तहलाई मध्यनजर गरी हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा शाखा विस्तार गर्दै आएको छ ।

 बैँकले दुर्गम गाउँमा छरिएर रहेको निक्षेपलाई संकलित गरी ऋण प्रवाह गर्ने शाहीले बताए । 

आधुनिक सेवामूलकका लागि मोबाइलक्रोम इन्टरनेट, एसएमएस बैँङ्किक जस्ता सेवाहरु निःशुल्क प्रवाह गरेको जानकारी गराइयो ।

स्थानीय तहमा बैक संचालन भएकाले अब स्थानीय नागरिकलगायत सरकारी कारोबारका लागि जिल्ला सदरमुकाम खलंगा धाउनु पर्ने बाध्यता टरेको स्थानीय सूर्यबहादुर रोकायाले बताए ।

उनले भने, ‘सरकारी आर्थिक कारोबार सधैँ टाढाकाे बजारमा हुने गर्थ्याे । त्यसले, समयको बर्वादका साथ कर्मचारी खलंगा बजार जाने बाहनाबाँजी समाप्त भएको छ ।’

स्थानीय जनता गाउँमै बैंक आएपछि खुसी भएका छन् ।

बैकिंक कामको लागि एकदिनको बाटो हिडेर जुम्ला सदरमुकाम जानु पर्ने बाध्यताकाट छुटकरा पाइएको भन्दै स्थानीय खुसी भएका हुन ।

उद्घाटन भएसँगै जुम्लाको नराकोटमा बैंकले दैनिक कामकाँज शुरु गरेको छ ।

 

– सागर परियार

...

शुक्रबार, १५ मंसिर ०७४

प्रतिक्रिया

Related