जापानिज विज्ञद्वारा विपी राजमार्गको २२ जोखिमयुक्त क्षेत्र पहिचान

१७ सिटभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक
निर्माण सञ्चार, काठमाडौँ | पूर्व जाने विपी राजमार्गको २२ स्थान जोखिमयुक्त क्षेत्र पहिचान गरिएको छ ।

०७२ वैशाखको गएको विनाशकारी भूकम्पपछि बनेपाबाट छोटो दूरीमा बर्दीबाससम्मको यस राजमार्गको जापानी विज्ञले गरेको अध्ययनले जोखिम पत्ता लगाएको हो ।

सो भूकम्पबाट भत्किएका ठाउँमा हाल सडक विभागले मर्मत गर्दै आएको छ ।

विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहका अनुसार जापनिज टोलीले पहिचान गरेको विपी राजमार्गका जोखिममध्ये केही स्थान मर्मत भइसकेको छ ।

१ सय ६० किलोमिटर लामोे यस मार्गको १४ स्थानलाई उच्च र ८ स्थानलाई जोखिमयुक्त औंल्याइएको छ ।

यातायात व्यवस्था विभागले राजमार्गमा १७ सिटभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक लगाएको छ ।

यस किसिमको नियम भने पालन भएको छैन । विभागले सार्वजनिक यातायात सञ्चालन प्रभावकारी बनाउन १० टनभन्दा बढी क्षमताका सवारी गुडाउनेलाई कारबाही गर्ने पनि जनाएको छ ।

 

यसैगरी, काठमाडौंदेखि धुलीखेल, खुर्कोट, सिन्धुली बर्दिबास तथा पूर्व जाने यात्रुबस राती गुड्न नपाउने नियम छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित प्राविधिक समितिले सुनकोसी नदीको किनारै–किनार निर्माण गरिएको राजमार्गमा १० टनभन्दा ठूला गाडी गुडाउन नहुने निष्कर्ष निकालेको थियो ।

जापानको झण्डै ३० अर्ब रुपियाँ सहयोगमा २०५३/५४ आव देखि उक्त राजमार्गको काम सुरु भएको थियो । काम सुरु भएको करिब १८ वर्षपछि यो राजमार्ग पूरा भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस राजमार्गको उद्घाटन गरेका थिए ।

...

शुक्रबार, १५ मंसिर ०७४ 

प्रतिक्रिया

Related