होसियार ! एन्टिवायोटिकयुक्त मासुबाट क्यान्सरको खतरा, दुधले पनि खाँदैछ तपाईलाई !

बजारमा बेच्न राखिएका मासुमा प्रशस्त मात्रामा एन्टिवायोटिक, दुधमा पनि
निर्माण सञ्चार, काठमाडौँ | वर्तमान बजारमा उपभोग्य वस्तुमध्ये मासुको खपत उच्च भएको देखिन्छ ।

अझै भन्नुपर्दा कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुने ‘बुचरहरु’ बताउँछन् ।

सबैभन्दा बढी खरिद गरिने कुखुराको मासु मानिसले सोचेजस्तो स्वच्छ भने पटक्कै छैन । यस किसिमका मासुमा एन्टिवायोटिकको प्रयोग अधिकतम मात्रामा राखिएको हुन्छ ।

भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले यस्तो परिणाम देखाएको हो ।

उक्त कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।

यसअनुसार २०७३/७४ आवमा कुखुराको मासुको एक सय ८० वटा नमूना परीक्षण गरेको थियो । जसमध्ये एक सय १५ वटामा एन्टिवायोटिकको अवशेष भेटिएको अनुगमन टोलिको भनाई छ ।

एन्टिवायोटिकको अवशेष देखिएको यस्तो मासुको उपभोग गर्दा मानव स्वास्थ्यलाई हानिकारक हुने पशु चिकित्सकहरु बताउँछन् ।

कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिने कार्यालयका पशु चिकित्सक शशिधर सेढाईँले बताए ।

उनकाअनुसार यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामा समेत एन्टिबायोटिक प्रयोग गर्ने गरेका छन् ।

तर, समुचित ढंगले एन्टिवायोटिकको प्रयोग नगर्दा मासु उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सेढाईँ बताउँछन् ।

विज्ञकाअनुसार एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिन्छ ।

 कसरी प्रयोग गर्ने एन्टिवायोटिक ?

मासु उपभोग गरिने कुनै पनि पशु तथा पंक्षीलाई एन्टिवायोटिक लगाउँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान पहिला नै गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्दछ ।

यस किसिमका एन्टिवायोटिक लगाइए पनि त्यसको निश्चित अवधिसम्म भने सम्बन्धित पशुपंक्षीको मासु उपभोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।

कार्यालयकै प्रयोगशाला परीक्षणले भने बजारमा बेच्न राखिएका मासुमा प्रशस्त मात्रामा एन्टिवायोटिकको अवशेष पइएको देखाएको छ ।

के हो एन्टिवायोटिक ?

शरीरका हानिकारक जिवाणु समूहविरुद्ध प्रयोग गरिने औषधि समूह एन्टिवायोटिक हो ।

कार्यलयका अनुसार एन्टिवायोटिकको प्रयोगमा सर्तकता र न्यूनीकरण गर्न कार्यालयले जैविक सुरक्षा तथा असल सुरक्षा व्यवस्थापन अभ्यास, जिल्लास्तरमा गुणस्तरसम्बन्धि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यलयले खसीबोका, राँगा लगायतका पशुपंक्षीमा पनि यस किसिमको एन्टिवायोटिक प्रयोग हुन थालेको बताएको छ ।

 एन्टिवायोटिकको अवशेष दूधमा पनि ?

दूधमा पनि एन्टिवायोटिकको अवशेष देखिएको कार्यलयको परिक्षणले देखाएको छ ।

कार्यलयका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३७ वटा नमूना परिक्षण गर्दा ५ वटामा एन्टिवायोटिकको अवशेष देखिएको थियो ।

यसअनुसार कार्यलयले पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका फर्म तथा किसानबाट लिएको गाई र भैंसीको दूधको नमूना परिक्षण गरेको थियो ।

कार्यलयलयले गरेको उक्त २ वटा नमूना परीक्षणमा जेन्टामाइसिन बाँकी ३ वटा नमूना परीक्षणमा फ्लोरोकुइनोलोन नामक २ किसिमका एन्टिवायोटिक देखिएको थियो ।

यसैगरी, गत आवमा गरिएको कुल २ सय १८ वटा दूधका नमूना परीक्षणमध्ये १५ वटा दूधका नमूनामा एन्टिवायोटिक देखिएको कार्यलयले बताएको छ ।

यस किसिमका दुध पिउनाले मानिसमा रोगको खतरा भएको चिकित्सक बताउँछन् । राजधानिबासीले अधिकतम मात्रामा यस्तो किसिमको दुधको प्रयोग गर्ने गरेका छन् ।

...

शुक्रबार, १५ मंसिर ०७४ 

प्रतिक्रिया

Related