दोस्रोपल्ट सन्नी लियोन आइन् काठमाडौं, साथमा छन् पति

निर्माण सञ्चार ।

गत वर्ष विशेष कार्यक्रमका लागि नेपाल पदार्पण गरेकी सन्नी लियोन यसपल्ट पनि शनिबार काठमाडौं आएकी छन् । उनको शानदार प्रवेश नै पोर्नस्टारका रुपमा भएको सबैलाई थाहै छ ।

क्यानडेली पोर्नस्टारका रुपमा उनको उदय भयो । पार्नवगत्मा उनको उदयलाई पराजय गर्ने कसको हिम्मत !

पोर्नस्टाबाटै विकसित हिरोइन् लियोन निकैपछि मात्रै बलिउड छिरेकी हुन् । अहिले आफ्ना पति ड्यानिअल वेबरसँगै काठमाडौं आएकी छन् ।

उनको यो आगमन दोस्रो पटक हो । गएको चैतमा आपफ्ना पति ड्यानिअलसँग निजी भ्रमणमा आएकी उनी यस पटक भने काठमाडांैमा एउटा फेसन सोमा आएकी हुन् । यद्यपि शुक्रबारै हुने भनिएको थियो उक्त कार्यक्रम ।

नेपाल भ्रमण बारे शनिबार बिहान उनले आफ्नो इन्स्टाग्राममार्फत् जानकारी दिएकी थिइन् ।

‘संसारमा मलाई मनपर्ने मध्येको एक ठाउँ नेपाल जाँदैछु । म एकदम उत्साहित छु’, पति ड्यानिअलसँगको फोटोसहित उनले यस्तो लेखेकी छन् ।

प्रतिक्रिया

Related