अपाङ्गलाई ज्याकेट र स्वीटर वितरण

निमार्ण सञ्चार, काठमाडौं । सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको समाजिक संस्था फिलर्स नेपालले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा रहेका एक सयभन्दा बढी अपाङ्गहरुलाई सहयोग स्वरुप ज्याकेट र स्वीटर वितरण गरेको छ ।

उक्त केन्द्रमा रहेका एक सयभन्दा बढी अपाङ्गहरुलाई एक सय थान ज्याकेट र एक सय थान स्वीटर वितरण गरिएको फिलर्स नेपालका अध्यक्ष टासी शेर्पाले बताए ।

गत भदौमा बाढीका बेला डुबानमा परेको समयमा बौद्धमा संकलन गरेको न्यानो कपडाहरु एक हजारभन्दा बढी अझै संस्थासँग रहेको छ ।

उक्त कपडाहरु सुरक्षित रहेकोले सोही कपडालाई आगामी दिनमा वितरण गर्ने शेर्पाले जानकारी दिए ।

विगतको वर्षमा पनि बाढी पीडितहरुको बस्तीमा पुगेर पीडितका हातैमा राहत सामाग्री वितरण गरेर फर्किएको थियो ।

बाढी महोत्तरीमा रहेका झण्डै २ सय बढी बाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीन लाख भन्दा बढीको राहत सामाग्री वितरणका साथै म्याट्रेस, ब्लाङ्कटे, झुल, लामखुट्टे धपाउने धुप, सेनेटरी प्याड, मेडिकल किड्समा जीवनजल, प्यारासिटामोल, व्यान्डेज, पियुष, वेड सिट लगायतका लता कपडाहरु समेत वितरण गरेको अध्यक्ष शेर्पाले बताए ।

यस संस्थाले केही समय अघि हिमाली दुर्गम जिल्ला सोलुखुम्बुको खिरौले, चेपे, जुके, चिनाक्पु, दूधकुण्ड र सल्यानका प्राथामिक विद्यालयहरुमा पुस्तकालय निर्माण गरी झण्डै चार लाखभन्दा बढीको पुस्तक वितवरण गरिसकेको छ ।

शिक्षाको क्षेत्रमा काम गर्दै आएको फिलर्स नेपालले केही दिन पछि वातावरणीय सुरक्षासम्बन्धी कार्यक्रमसमेत आयोजना गर्ने अध्यक्ष शेर्पाले बताए ।

...

सोमबार १८, मंसिर ०७४

प्रतिक्रिया

Related