एनइएका चार बर्से सपना, कसरी निकाल्दै छ ४ हजार ४ सय मेगावाट विद्युत् ?

सकिएला निर्धारित समयमा सोचेको काम ?
निमार्ण सञ्चार, काठमाडौं । एनइएले चार बर्से स्वप्नील परिकल्पना अनुसार ४ हजार ४ सय मेगावाट विद्युत उत्पादन हुने जानकारी गराएको छ ।

निर्धारित समयमा निर्धारित आयोजना पूरा होलान ? नेपालको विकास निर्माण कार्य समयमा पूरा नहुने हुँदा स्वप्नील सपना विपनामा परिणत हुनेमा आशंका उठेकाे छ ।

यसैगरी, अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले ३७५ मेगावाट उत्पादन गरिरहेको छ र निजी क्षेत्रले २७७ मेगावाट र भारतबाट ३११ मेगावाट आयात गरिरहेको छ ।

नेपालका प्रयोगकर्ताको माग १२६३ मेगावाट रहेको छ । यसै विवरणलाई आधार मान्ने हो भने ३०० मेगावाट विद्युत लोडसेडिङ भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जडित ९७२ मेगावाट क्षमता पुगेको छ । जसमा, प्राधिकरणको ४७७, प्राधिकरणको थर्मल पावर प्लान्ट ५३, निजी क्षेत्र ४४१ र भारतबाट विद्युत प्राधिकरणले आयात गरेको विद्युत ३११ मेगावाट रहेको विद्युत उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।

अहिले हिउँदमा करिब १२ सय ६० मेगावाट विद्युतको माग छ आगामी वर्षमा यसको अनुपातमा १० प्रतिशत बढ्ने प्राधिकरणले अनुमान गरेको छ ।

यही अनुपातमा विद्युत माग बढ्दै जाने हो भने तीन वर्षमा बढेर १६ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ ।

केही अघि बुटवल पावर कम्पनी (बिपिसी)ले २ खर्बको लगानीमा पाँच वर्षभित्र १००० मेगावाट विद्युत् उत्पादन गर्ने गरी चीनका तीनवटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गर्दै गरेको छ ।

यस्तो उत्पादनको लागि बिपिसी र चिनियाँ कम्पनीले नयाँ कम्पनी एसटिआभी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट प्रालि दर्तासमेत गरिसकेका छन् ।

उक्त कम्पनीले तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको १०० मेगावाट क्षमताबाट सुरु गरेको छ ।

बिपिसीले सुरु गरेको एक वर्षअघि नै व्यापारिक घराना दुगड ग्रुपले रामेछाप र ओखलढुंगाको सिमानामा बग्ने लिखु नदीमा पाँच सय मेगावाटको दीर्घकालीन योजना अनुसार सन् २०२२ सम्ममा निर्माण गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी काम भइरहेको छ ।

यसैगरी, दुगड ग्रुपले लिखु नदीबाट एकैपटक एक सय ५९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै, दूधकोसी सोलुखोलामा हाइड्रो भेन्चरले निर्माण गरिरहेको ८६ मेगावाटको आयोजना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

लमजुङको दोर्दी खोलामा ५४, २७, २५ र १२ मेगावाट क्षमताका चारवटा आयोजना निर्माण भइरहेका छन् । यीलगायत हाल निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका एक सय ५८ वटा आयोजनाबाट अबको चार वर्षभित्र करिब ३५ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

अहिले निर्माण भइरहेका निजी र सरकारीको तुलनात्मक अध्ययन गर्ने हो भने बराबरी हैसियतमा अगाडि बढिरहेका छन् ।

दुई तीन वर्षसम्मको अध्ययन हेर्ने हो भने सरकारीभन्दा निजी संस्थाहरुले नै उत्पादन बढाउने देखिन्छ ।

विद्युतमा निजी क्षेत्रको पहुँच

सानादेखि ठूला विद्युत आयोजनाले तिब्र गति लिइरहेकोले पछिल्लो समयमा सरकारी क्षेत्रको अनुपातमा निजी क्षेत्रको उपस्थिति बलियो हुन थालेको छ ।

सरकारले सुस्त गतिमा विद्युतको उत्पादन गरिरहेको समयमा निजी क्षेत्रले केही गति लिएको छ । मुलुकको अर्थतन्त्र बढेसँगै बर्सेनी लगानीकर्तामा ठूला आयोजनामा लगानी गर्ने हिम्मत बढेर आएको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

सरकारी क्षेत्रको तुलनामा निजी क्षेत्रलाई लगानीको प्रक्रियामा समस्या भए पनि खरिद ऐनले केही सहज पारिदिएको उनले बताए ।

तर, लगानीको सुनिश्चिततासँगै सरकारी तबरबाट आयोजना अगाडि बढाउने प्रक्रियामा तदारुकता नदेखिँदा निजी लगानीमैत्री वातावरण शृजना हुन नसकेको गुरागाईँले बताए ।

यतिहुँदै हुँदै पनि निजी क्षेत्रले अगाडि बढाएको आयोजनाले छोटो समयमै सफलता हासिल गरिरहेको गुरागाईँको दाबी छ ।

सरकारले निजी क्षेत्रलाई वन, वातावरण, जग्गा प्राप्तिलगायतका कार्यमा विदेशी कम्पनीलाई जति पनि प्राथामिकतामा नराखेको गुनासो गुरागाईँले गरेका छन् ।

निजी क्षेत्र पनि पाँच सयदेखि हजार मेगावाटसम्मका आयोजना निर्माण गर्न सक्षम भएका कारण राज्यले पनि निजीक्षेत्रसँग विभेदकारी नीति अवलम्बन हटाउनु पर्ने विचार गुरागाईँले राखेका छन् ।

हाल ९७२ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ ।

त्यस्तै, प्राधिकरणले थर्मल पावर प्लान्टमार्फत ५३ मेगावाट, निजी क्षेत्रबाट ४४१ मेगावाट र भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले जानकारी दिए ।

यी हुन तीन वर्षभित्र सम्पन्न हुने आयोजना

निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४८ मेगावाटको अपर खिम्ती, ४२ मेगावाटको आँखुखोला, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना ३ वर्षभित्र सम्पन्न हुँदैछन् ।

त्यस्तै, माथिल्लो तामाकोसी ४५६ मेगावाट, १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना दुई वर्षभित्र सम्पन्न हुँदैछन् ।

यस्तै, १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउँदो ६ महिनाभित्रमा सम्पन्न हुनेछ भने विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया निर्माण सम्पन्न भइसकेको छ ।

यस्ताे छ एनइएकाे उत्पादन विवरण

  ...

मंगलबार १९, मंसिर ०७४

प्रतिक्रिया

Related