पूर्वमन्त्री खगराज अधिकारीले कास्कीको बेगनास केन्द्रबाट गरे मतदान

निर्माण सञ्चार, पोखरा | कास्की क्षेत्र नंम्वर १ का एमालेका प्रतिनिधी सभाका उमेदवार खगराज अधिकारीले पोले ३० को बेगनास केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै, एमाले युवा नेता एवं कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र अधिकारीले पनि लेखनाथ महानगरपालिकाको शान्ति उदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।

यता क्षेत्र नम्वर ३ का एमालेका प्रतिनिधि सभाका उमेदवार जगत विश्वकर्माले लामाचौर अकला आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी, नेपाली काँग्रेसका क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका उमेदवार यज्ञवहादुर थापाले भने पोखरा महानगरपालिका २६ को विजयपुरब मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ७ बजेबाट शुरु भएको मतदान कास्कीमा शान्तीपूर्ण रुपमा भइरहेको छ ।

...

बीहिबार, २१ मंसिर ०७४ 

प्रतिक्रिया

Related