टिका लगाएर निस्केका मिश्रले भोट हालेपछि यस्तो गरे उद्घोष

‘गरेरै छोड्ने हो, संवृद्धि हेरेरै मर्ने हो । यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व !’
निमार्ण सञ्चार, काठमाडौं । आज बिहानै बुवा–आमा, अंकल–आण्टी र परिवारका सबै सदस्यसँग शुभकामना र आशीर्वाद लिएर रविन्द्र मिश्र मतदान स्थल पुगेका थिए ।

काठमाडौँ १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका हुन् । रबिन्द्र मिश्रको खरो प्रतिस्पर्धिका रुपमा प्रकाशमान सिंह उभिएका छन् ।

के भने रबिन्द्र मिश्रले ?

भोट हालेपछि उनले निर्माण सञ्चारसँग भने, ‘चुनाव जित्नेमा एकदमै विश्वस्त छु । हार्छु भनेर मैले सोचेको पनि छैन, यदी हारेँ भने पनि हाम्रो यात्रा सशक्त रुपमा अगाडि बढ्छ।’

उनले थपे, ‘गरेरै छोड्ने हो, संवृद्धि हेरेरै मर्ने हो । यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व !’

मिश्रले सिंहलाई प्रहार गर्दै भने, ‘स्वघोसित रुपमा कोही पनि हिरो हुँदैन आत्म विश्वास हुनु एउटा कुरा हो ।

उनले थपे, ‘आफूले आफैंलाई हिरो भन्नु अर्को कुरा हो । नतिजा आएपछि जनताले जसलाई हिरो बनाउँछन् त्यो नै वास्तविक हिरो हुन्छ ।’

६ वटा निर्वाचन केन्द्रमा हामीले भम्रण गर्दा सबैमा शान्तपूर्वक व्यवस्तित ढंगबाट मतदान भइरहेको बताउँदै आफूहरुको लक्ष्य पूरा हुनेमा आशावादी रहेको पनि बताए ।

डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा निर्माण सञ्चारसँग कुरा गर्दै मिश्रले भने, ‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्या यात्रामा हामी दृढ छौं ।’

उनले थपे, ‘देशभर तराजुमय वातावरण बनेको छ । त्यसबाट हामी उत्साहित छौं । देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ । त्यो हामी सबैले प्रयोग गर्नुपर्छ ।’

सिंहले के भने मिश्रको बारेमा ?

मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सिंहले पत्रकारले मिश्रलाई चर्चामा ल्याए पनि ग्राउण्डको हिरो आफू भएको बताए ।

...

बिहीबार २१, मंसिर ०७४

प्रतिक्रिया

Related