सलार्ही– कांग्रेस र राजपाबिच झडप हुँदा एक महिला गम्भीर घाइते

बाँकी राजपाका ३ कार्यकर्ता घाइते
निर्माण सञ्चार, सर्लाही | कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा एक महिलासहित तीन जना घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।

भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुलाई रोक्न खोजेपछि विवाद भएको तराई संवाददाता राजु शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि ४ राउण्ड हवाई फायर गरेको थियो ।

उक्त आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् ।

कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था भने गम्भीर छ ।

हाल उनको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । झडप पछि केहीबेर मतदान रोकिएको थियो । हाल मतदान जारी रहेको प्रजिअ कटुवालले जानकारी दिए ।

कांग्रेसको पकड एरिया रहेको उक्त मतदान स्थलमा झडपपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

...

बिहीबार २१ मंसिर ०७४

प्रतिक्रिया

Related