सय पुग्न १ वर्ष बाँकी रहेका राष्ट्रकवि घिमिरेद्वारा मतदान, ‘अबको युग स्थायित्वको’

९९ वर्षीय राष्ट्रकवि घिमिरेले लैनचौरस्थित जनकनाथ उच्च मावि मतदान केन्द्रबाट मतदान, घिमिरेले मुलुक अब वास्तविक रुपमै नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया
निर्माण सञ्चार, काठमाडौं । १०० वर्ष पुग्न मात्र १ वर्ष बाँकी रहेका राष्ट्रकवि माधव प्रसाद घिमिरेले पनि मतदान गरेका छन् ।

९९ वर्षीय राष्ट्रकवि घिमिरेले लैनचौररस्थित जनकनाथ उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान पछि राष्ट्रकवि घिमिरेले मुलुक अब वास्तविक रुपमै नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रकवि घिमिरेले अब नेपाल स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै भने, ‘अहिलेसम्म देशमा अस्थिरता थियो, अहिलेसम्म नेपालीहरु राजनीतिक व्यवस्था परिवर्तनमै अल्मलिए, अब अब स्थायित्व आउँछ । हामीले देशको स्थायित्वका लागि मतदान गर्‍यौं ।’

राष्ट्रकविले भने, ‘नेपालसँगै २००७ सालताका परिवर्तन भएका मुलुक समृद्ध बनिसकेको तर नेपाल आजसम्म अल्झिएको बताउँदै अब हामीले पनि अल्मल गर्नु हुँदैन ।’ उनले थपे, ‘यतिबेला हामीले उत्तम संविधान पाएका छौं । अब त्यहाँ जे लेखिएको छ त्यही बमोजिम काम हुनुपर्छ ।’

राष्ट्रकवि घिमिरेले नेता नामले मात्रै नभएर अब कामले पनि नेतृत्व दिन सक्नुपर्ने धारणा राखेका छन् । तस्वीर, निर्माण सञ्चार ।

 

 

...

बिहीबार, २१ मंसिर, ०७४

 

प्रतिक्रिया

Related