भोटपछि प्रधानमन्त्रीले भने– ‘सबै समस्याको समाधान कांग्रेसले गर्छ’

निर्माण सञ्चार, डडेलधुरा | प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले नै बहुमत ल्याउने दावी गरेका छन् ।

प्रदेशका राजधानी अब चाँडै तोकिने बताउँदै देउवाले अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधान पनि कांग्रेसको ले गर्ने बताए ।

प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका देउवाले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । उनी मतदानपछि काठमाडौँ फर्किएका छन् ।

...

बिहीबार, २१ मंसिर ०७४

प्रतिक्रिया

Related