नायिका रेखा थापाले मतदान पछि भनिन्, ‘अघिल्लोका तुलनामा मतदाता उत्साही देखिएनन्, तैपनि म भन्छु, घरमा नबस्नोस् मतदानमा आउनुस्’

निर्माण सञ्चार, काठमाडौं । नायिका रेखा थापाले मतदान गरेकी छन् । काठमाडौं महनागरपालिका वडा नम्बर–८ स्थित पशुपति बहुमुखी क्याम्पमा रहेका मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

मतदान पछि निर्माण सञ्चारसँग बोल्दै नायिका थापाले भनिन्, ‘स्थानीय चुनावको तुलनामा मतदाता उत्साही देखिएनन् । यहाँ त कुनै रौनक नै देखिएन ।’

स्थानीय मतदानका बेला आफूले लामो समय लाइन बसेर भोट हालेको सम्झदै नायिका थापाले विभिन्न स्थानमा बम पड्कने जस्ता हल्लाले गर्दा मतदातामा उत्साह नभएको टिप्पणी गरिन् ।

यस्तो भए पनि मतदान आफ्नो अधिकार हो भन्दै घरमा बसेर मत नहाल्ने होइन मतदान गर्न आउनु पर्ने उनको राय छ ।

मतदातालाई अपिल गर्दै उनले भनिन्, ‘हामीले अभिभावक चुन्ने हो । राजनीतिमा देखिएको विकृति हटाउन पनि मतदान गर्न आउनै पर्छ । घरमा बसेर के होला भन्ने डर पाल्नु भन्दा मतदान केन्द्रमा आएर मत खसाल्न म सबैसँग आग्रह गर्दछु ।’

___

तस्वीर, निर्माण सञ्चार ।

 

...

बिहीबार, २१ मंसिर, ०७४

 

प्रतिक्रिया

Related