बालकोटमा भेटिएको बम निष्कृय

निर्माण सञ्चार, भक्तपूर । बालकोटमा भेटिएको बम  सेनाको टोलीले निस्क्रिय पारेको छ । उक्त बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र रहेको छन् ।

जसअन्तर्गत कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्र हुन् ।

प्रहरीका अनुसार त्रास पैदा गराउने उद्देश्यले मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो ।

हाल भने उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

...

बिहीबार २१ मंसिर ०७४ 

प्रतिक्रिया

Related