क्षेत्र नम्बर ४ का प्रतिस्पर्धी गगन र राजनले हाले भोट !

के के भने त गगन र भट्टराईले ?
निमार्ण सञ्चार, काठमाडौं । मंसिर २१ बिहीबार भएको प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव भइरहेको छ ।

यस चुनावमा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्र र एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र–४ पशुपति बहुमूखी क्याम्पस चावहिल केन्द्रबाट मतदान गरे ।

कुन उम्मेदवारले के भने ?

मतदान पश्चात राजन भट्टराईले भने, ‘यो मतदानले समृद्धिको ढोका खुल्छ ।’ उनले थपे, ‘यहाँ खानेपानी, सडक, कलेज कुनै क्षेत्रमा पनि विकास नगरेको व्यापक जनगुनासो छ । हामीलाई गफ गर्नेभन्दा काम गर्ने नेता चाहिएको भन्छन्, त्यसकारण मैले जित्नु पर्छ र जित्छु पनि ।’

त्यसैगरी, भट्टराईका प्रतिद्वन्दी गगन थापाले भोट पछि भने, ‘मैले उहाँहरू (मतदाता) को सम्मान गरेको छु, उहाँको स्नेह र विश्वासमा कहिल्यै पनि चोट पुर्याउने छैन, यसकारण यसपटक पनि मलाई जिताउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

चाबहिल क्षेत्रकाे चुनावी अवस्था

चाबहिलको वडा ८ को कार्यलय मित्रपार्क मतदान केन्द्रमा १६२० मतदाता छन् । उक्त स्थानमा दिउँसो १ बजे सम्म ३५ प्रतिशत मत खसेको छ ।

त्यसैगरी, चाबहिल पशुपति बहुमूखी मतदान केन्द्रमा १८४२ मतदाता रहेका छन् । उक्त स्थानमा ४० प्रतिशत मत खसिसकेको उक्त स्थानका मतदान अधिकृतले निर्माण सञ्चारलाई बताए । 

जसअन्तर्गत, चाबहिल क्षेत्रका पशुपति मित्र मावि, बुलबुले र आइटिएल मतदान केन्द्रहरुमा ५० प्रतिशत भन्दा बढी मत खसेको मतदान अधिकृतहरुले बताएका छन् ।

चाबहिल पशुपति बहुमूखी क्याम्पस केन्द्रबाट नायिका रेखा थापाले पनि मतदान गरेकी हुन् ।

सुनसान मतदान केन्द्र

स्थानीय तहको चुनावको अनुपातमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाता उत्साहित कम देखिएका छन् ।

 

...

बिहीबार २१, मंसिर ०७४

प्रतिक्रिया

Related