प्रधानमन्त्रीज्यू, ४–४ पटक प्रधानमन्त्री र पाँच पटक आफू चुनाव लडेको तपाईको क्षेत्रको विद्यालयको हालत चाहिँ किन यस्तो ?

निर्माण सञ्चार, डडेल्धुरा । हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान लगत्तै आफ्नो धारणा राख्दै भने, ‘मुलुकको सबै समस्या समाधान गर्न काँग्रेस पार्टी मात्रै सक्षम छ ।’

काँग्रेसले मात्रै मुलुकको विकास गर्ने उनको यस्तो दाबी नयाँ भने होइन ।

रोचक कुरा के छ भने जहिले पनि सुदूर पश्चिममा मात्रै विकास र योजना केन्द्रित गर्ने भन्ने हल्ला चलेका प्रधानमन्त्री देउवाको आफ्नो चुनाव क्षेत्रमा रहेको आफूले मतदान गरेको विद्यालयको हालत हेर्दा उनीमाथि जनताले गरेको विश्वास खोलामा र उनले डडेल्धुरामा गरेको विकासको हल्ला हल्लामा मात्रै सीमित हुने देखिन्छ ।

हुनत मतदान पछि प्रम देउवाले प्रदेशका राजधानी चाँडै तोकिने र डडेल्धुरामा पनि आफ्नै चुनाव क्षेत्रबारे आफू गम्भीर रहेको पनि बताएका छन्।

प्रधानमन्त्री देउवाले आज बिहान गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनले मतदान गरेको विद्यालय कस्तो छ भन्ने कुरा उनी उभिएको विद्यालय र पेरिफेरिको भौतिक अवस्थाले पनि प्रशस्तै बताएको छ ।

यही विद्यालयको मतदान केन्द्रबाट काँग्रेस सभापति समेत रहेका देउवाले बिहान साँढे १० बजे मतदान गरेका थिए ।

 

 

___

तस्वीर, निर्माण सञ्चार ।

 

 

...

बिहीबार, २१ मंसिर, ०७४

 

प्रतिक्रिया

Related