१ बजेसम्म ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगको दावी

निर्माण सञ्चार, काठमाडौँ | प्रदेश तथा प्रतिनिधि सभाको जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाकारी दिएको छ ।

आयोगका अनुसार देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

...

बिहीबार २१ मंसिर ०७४ 

प्रतिक्रिया

Related