सर्लाही क्षेत्र नम्बर–२ को पुलपरासीमा गोली चल्यो, २ घाइते

निर्माण सञ्चार, सर्लाही । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको सर्लाहीमा मध्याह्न साँढै १ बजेतिर गोली चलेको छ । सर्लाही क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासी मतदान केन्द्रमा गोली चलेको हो ।

बिहान राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरी स्रोतले बतायो । झडपको कारण भने कसले अघि मतदान गर्ने भन्ने थियो । सोही क्रममा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको प्रहरी बताउँछ ।

झडपका क्रममा दुई घाइते भएका छन् भन् यतिबेलासम्म सर्लाहीमा ४५ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृतको दाबी छ ।

 

...

बिहीबार, २१ मंसिर, ०७४

 

प्रतिक्रिया

Related