‘मधेश स्वराज’ को नाममा सिके राउतका गाउँलेले गरे मतदान बहिष्कार

हकअधिकार नपाइने भएकाले आफ्नो मत आफैसँग राखियो – स्थानीय
निमार्ण सञ्चार, काठमाडौं । सिके राउतका गाउँलेले ‘मधेश अलग्गै स्वराज’ राज्यको नाममा सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ को आधारभूति विद्यालय केन्द्रका मतदाताले मतदान बहिष्कार गरेका छन् ।

सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर २ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त गाउँलेले ‘नो भोट’ गरेका हुन् ।

यसर्थ, उक्त मतदान स्थानबाट एउटा पनि मत खसेको छैन । सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५४५ पुरुष र ४१५ महिला गरी ९६० मतदाता रहेका छन्।

सप्तरी क्षेत्र नं २ (क) अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित मतदान केन्द्रमा कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि नआएपछि खाली बाकस सिल गरेर राखिएको मतदान अधिकृत धनेश्वर साहले बताए ।

उक्त स्थानमा खटिएका आठ जना कर्मचारी, चार प्रहरी र १० म्यादी प्रहरी मतदाताको प्रतीक्षामा रहेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका सिके राउतको जन्मस्थान रहेको सो गाउँमा एउटै मतदाता पनि भोट खसाल्न नआएपछि बुझ्न गएका प्रहरीलाई निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको स्थानीय बासीले बताएका छन् ।

सिके राउतले कोठाभन्दा बाहिर मतदान गर्न आह्वान गरेपनि उनका गाउँलेले कोठाभन्दा बाहिर दिएको मतको गणना नभएर बदर मतमा गणना हुने भएकोले स्पष्ट सन्देश दिन मतदान नै बहिष्कार गरेको बताए।

सहभागी भएपनि हकअधिकार नपाइने भएकाले आफ्नो मत आफैसँग राखेको स्थानीय गठबन्धनका एक कार्यकर्ताले बताए। उनले मधेस देश नेपालबाट अलग्गै स्वराज हुनुपर्ने भनेर चुनाव बहिष्कार गरेको बताए।

सिके राउत व्यक्ति नभई विचार बनिसकेको र सो विचार मन परेकाले मत खसाउनुको औचित्य नदेखेपछि परिवर्तनका लागि निर्वाचन बहिष्कार स्थानीय जयकरण अधिकारीले बताए। गाउँलेले मतदानमा सहभागी नहुने निर्णय गरेपछि आफूपनि हलो जोतेर बसेको कांग्रेस कार्यकर्ता बालेश्वर माझीले बताए ।

इमान्दार तथा विश्वास गर्न लायक उम्मेदवार कोही नआएकोले मतदान गर्नुको औचित्य नदेखेकोले भोट नहालेको स्थानीय पुष्पराज माझीले बताए ।

...

बिहीबार २१, मंसिर ०७४

प्रतिक्रिया

Related