गगन आफैँले बम विष्फोट गराएको हल्ला चलेकै बेला विष्फोटमा संलग्नलाई समात्यो प्रहरीले

विप्लवका समूहका ६ जना पक्राउ
निर्माण सञ्चार, काठमाडौँ | गत मंगलबार नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बिष्फोट गराएको बम आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

थापामाथिको बम विष्फोटको घटना भने उनी आफैँले योजनावद्ध ढंगले घटाएको भन्ने आरोप लागेको थियो ।

तर, विप्लव कार्यकर्ताले नै बम विष्फोट गराएको भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

जसमध्ये रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेष ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको छ ।

राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको प्रहरी जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता मनोज न्यौपानका अनुसार उनीहरु पक्राउ परेपछि अन्य स्थानमा विष्फोट गराउने योजना असफल भएको छ ।

...

बिहीबार २१ मंसिर ०७४ 

प्रतिक्रिया

Related