दोस्रो चरणको निर्वाचनमा खस्यो ६७ प्रतिशत मत, गुल्मीमा सबैभन्दा बढी ७१ प्रतिशत

निर्माण सञ्चार, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा बिहीबार भएको मतदानमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।

यो आँकडा अझै बढ्नसक्ने आयोगको जिकिर छ ।

कति जिल्लामा कति प्रतिनिधिका लागि कतिओटा थिए बुथ ?

अयोगले बताए अनुसार यस चरणमा १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा मतदान सम्पन्न भएको हो ।

जस अन्तर्गत ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रममा मतदान सम्पन्न भएको छ । सबै तिर शान्तिपूर्ण मतदान भएको आयोगको दाबी छ ।

आयोगले तराईको एक मतदान स्थलमा भने मतदान नभएको बतायो । त्यो भनेको सिके राउतको गाउँमा मतदान बहिष्कार भएको जनाइएको छ ।

त्यस्तै, अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलका दुई मतदान केन्द्रको मतदान रद्द गरिएको निर्वाचन आयोगको भनाइ छ ।

त्यहाँ मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गरेका थिए भने मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्द गर्ने ठाउँमा आयोग पुगेको थियो ।

प्रमुख निर्वाचन आयुक्त यादवले उक्त स्थानको मतदान केही दिनभित्रै हुने जनए ।

मतदान सम्पन्न भएसँर्ग ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइने छ भने सर्वदलीय बैठकपछि मतगणना सुरु हुने आयोगको भनाइ छ ।

 

 

...

बिहीबार, २१ मंसिर, ०७४

 

प्रतिक्रिया

Related