कर्णालीमा सडकले भित्र्याएको समृद्धि

कर्णालीप्रति मौन ‘सरकार’
निर्माण सञ्चार, जुम्ला | कर्णालीमा सडक बन्ला र गाडी आउला भनि कहिल्यै कल्पना नै नगरेका तातोपानी गाउँपालिका २ स्थित जर्मी गाउँका ६१ वर्षीया शुर बहादुर बुढालाई गाउँमा मोटर आउला भन्ने लागेकै थिएन ।

उ बेला, गाउँमा कसैले मोटर आउने कुरा गर्दा पनि उनलाई रति पत्यार लाग्दैनथ्यो । भारी बोकेर पैदल मात्र हिँडेका उनले गाउँमा मोटर देख्ने कल्पना पनि गरेका थिएनन् ।

गाडी चल्ने कुरा गर्दा बुढा ३० किलो चामल ल्याउन एक महिनाको बाटो हिडि दैलेख जिल्लाको चुब्राबाट पैदल हिडेको कथित दुख सम्झन्छन् । तर, जब उनको आँगनमै सुर्खेतबाट चामल बोकेर मोटर (गाडी) पुग्यो, तब उनलाई भगवानकै दर्शन पाएको अनुभूति भयो ।

गाडी कस्ता हुन्छन् र कसरी चल्नछन् भन्ने पनि नदेखेका उनले घर आँगनमै गाडी आएपछि दंग परे । सुर्खेत र नेपालगन्जबाट पैदल हिँडेर नुन र चामलको भारी बोक्दै जीवनका पाँच दशकै बिताएका उनले भने, ‘जुम्लासम्म मोटर आउला भन्ने सोचेका पनि थिएनौं, हाम्रा दिन त भारी बोकेरै गए ।

अहिले गाउँमै गाडी कुद्न थाले, छोरानातिले भने सुख पाउने उनको आशा छ । बुढा, एक प्रतिनिधि पात्र मात्रै हुन्, कर्णालीमा सडक नपुग्दा सम्मका पिडा पाँचै जिल्लामा उस्तै छन् ।

त्यस्तै, सडक र मोटर नआउन्जेल सम्मको आफ्नो अनुभव सुनाए चन्दननाथ नगरपालिका ८ स्थित मिचा गाउँ निवासी मानदत्त रावलले ।

उनको परिवार ७ जनाको छ । जब सडक मोटर आउँदैन त्यतिबेला नुन चामलको लागि कठिन यात्रा गर्नु परेको तितो यर्थात उनको पनि छ । सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उनको गाउँमा पनि अहिले मोटर पुगेको छ ।

राजमार्गभन्दा झण्डै ५० मिटर माथि उनको ढुंगा र माटोले निमार्ण गरिएको पुरानौ शैलीको घर छ । चामल, नुन, ल्याउन एक महिनाको पैदल सडकले छुटाएपछि चयनका साथ छोरा नातीहरुले आफ्ना जस्तै कष्ट नपाउने उनको दाबी छ ।

भौतिक विकासमा फड्को

गाउँमै गाडी चल्न थालेपछि भौतिक विकासले फड्को मार्न थालेको छ । कर्णालीका जुम्ला, मुग, कालिकोट,डोल्पा र हुम्लामा मोटरसँगै पुगेको चेतना र शिक्षाले बिस्तारै परम्परागत अन्धविश्वासको जालो पनि तोडिएको छ । सुर्खेत नेपालगन्जमा मात्रै देखेको ४/५ तले घरहरु अहिले कर्णालीमै थुप्रै छन् ।

२०६३ सालमा मोटर पुगेको कर्णालीमा त्यसको झण्डै १० वर्षपछि कालेपत्रे पनि भयो । देशको अस्थिर राजनितिले पनि केहि प्रभाव कर्णालीमा देखियो ।

तर, ढिलो चाडो कर्णालीमा सडकले समृद्धी भित्रायो । २०६३ साल तिर निमार्ण कम्पनी भन्दा नेपाली सेनाको शक्तिले कर्णालीमा सडक आएको सत्य हो ।

सडकको विस्तार सँगै कर्णालीमा उद्यौगिक क्षेत्रको स्थापना क्रमागत रुपमा हुँदैछन् । नेपालकै गौरवको आयोजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बनेको छ ।

नेपालकै ठुलो निमार्ण व्यसायी संघ भवन पनि जुम्लामा बनेको छ । अन्य कार्यालयगत संरचनाहरुले पनि आफ्नै गति लिरहेका छन् । वर्षौसम्म सडकबाट वञ्चित कर्णालीका जिल्लामा प्रायः विकास निर्माण ठप्प नै थियो ।

भौतिक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ पुर्याउने एक मात्र विकल्प हवाईमार्ग थियो । त्यो पनि भरपर्दाे नहुँदा विकास निर्माणले गति लिन सकेको थिएन ।

तर, हाल कर्णाली राजमार्ग सञ्चालनमा आएपछि कर्णालीका जिल्लामा विकासको ढोका खुलेको छ । सडले कर्णालीमा भौतिक विकासमा टेवा पुराएको देख्न सकिन्छ ।

आर्थिक ओर्सादै जुम्ली

बजार अभावमा गाउँमै कुहिने स्थानीय उत्पादनलाई मोटरले जिल्लाबाहिर लैजान थालेको छ । उ बेला, जुम्ली स्याउ र जुम्ली उत्पादनले शहर देख्ने अनि आर्थिक ओर्साने कल्पना थिएन ।

अक्सर, विकासको कमाल भनौ अहिले जुम्ली नागरिकहरु आफ्नै उत्पादनबाट मनग्य आर्थिक कमाईरहेका छन् । सडक विस्तारले गाडी गाउँमै पुगेका कारण विकासको सम्भावना र आधारलाई जिल्लाभित्र ओसार्न थालीएको चन्दननाथ नगरपालिका ८ निवासी नरजीत परियाले सुनाए ।

पहिला कर्णालीको जडिबुटी तथा कुनै उत्पादनलाई आर्थिक सँग गाँसिदैनथ्यो, उत्पादन गर्ने र खाने बाहेक अरु केहि हुँदैनथ्यो । पैसा कमाउन कालापहाड जानुको विकल्प नभएको परियाले बताए ।

‘नुन र चामल त बाहिरबाट बोकेर ल्याउनुपथ्र्यो भने निर्माणका सामान बोकेर ल्याउने सम्भावना परको कुरा’, परियारले भने,‘सडक खुलेपछि मात्र गाउँमा विकासको लहर चलेको हो ।’

हाल मोटरले निर्माणका सामान ढुवानी गर्न थालेका छन् । स्याउ सिमिबाटै अहिले जुम्लाका हरेक किसानले लाखौ आम्दानी गर्छन् । नरजित परियारले मात्रै स्याउबाट ८ लाख र सिमि बाट ३ लाख कमाएका छन् ।

मोटर त हाम्रा लागि भगवान् नै हुन् अर्का जुम्ली जोखे कामीले भने मोटर दुःख बोकेर बाहिरिन्छन् अनि विकास बोकेर भित्रिन्छन् ।’ उनले कर्णालीमा भित्रिएको मोटर बाटो सँगै विकास पनि भित्रिएका बताए ।

 मोटरले छुटायो कालापहाड

जीवन निर्वाह गर्न सिजन अनुसार कर्णालीका हजारौ पुरुषहरू उ बेला कालापहाड जानुपर्ने बाध्यता थियो । हिडेर सुर्खेतसम्म पुगेर त्यहाँबाट गाडी चड्ने गर्दथे भने फर्किदा भारी सहित पैदल एक महिना लगाएर आउथे । साथै धेरै जोखिम मौलनु पर्ने अवस्था समेत थियो ।

रोजगारी भन्ने नै थाहा थिएन । सायद, विकास चेतना अभावकै उपज होला । पारिवारिक अबस्था सामान्य भएकाहरुलाई विहान बेलुका छाक टार्न अरुकै मुख ताक्नु पर्ने यर्थाथ छ । तर, अहिले सडक आएपछि मोटर भित्रिएपछि धेरैको कालापहाड छुटेको छ ।

गाउँमै रोजगारी सिर्जना भएको छ भने धेरैले व्यवसाय गरेका छन् । मोटरले धेरै युवाहरु ग्यारेज लगायतमा काम गरिरहेका छन् । अन्य कम्पनीहरुले पनि रोजगारी दिएको छ ।

चेतना विकास भएपछि आफ्नै गाउँमा श्रम गरेर खानुपर्ने भन्ने भावनाको विकास सबैमा भईसकेको छ । जसलेगर्दा विगत ७ वर्षबाट कालापहाड जान छोडेको लोक बहादुर परियारले बताए ।

उनले गाउमै सिलाईकटाई गर्छन् । दिनमा १ हजार बढि कमाउँछन् । श्रम गरे आफ्नै ठाउँमा बाच्न सकिने उनको भनाई छ ।

मोटर सञ्चालन भएपछि गाउँमा विकास निर्माणको अभियान नै चलेको बताउँछन् लोक बहादुर परियार । उनी भन्छन् ‘हामी त हिँडेरै कालापहाड जान्थ्यौं, गाउँमा गाडी आउला भन्ने कल्पना पनि थिएन ।

तर, हामीले हेर्दाहेर्दै कर्णालीमा सडक खुल्यो, मोटर चल्न थालेपछि गाउँको मुहार नै फेरिएको छ ।’ उनले गाडीमा ढुवानी गर्दा निर्माण सामग्री सस्तो पर्ने भएकाले पनि भौतिक निर्माणको कामले तीव्रता पाएको बताए ।

उनले थपे, ‘गाउँगाउँमा बाटो खुल्न थालेको छ , यहाँ उत्पादन भएका सामान बाहिर बिक्री हुन थालेको छ । विद्यालय र अस्पताल निर्माण हुन थालेका छन, रोजगारी पाइन थालेको छ ।

पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको भन्दै उनले समयको पनि बचत भएको उल्लेख गरे । मान्छे बिरामी भएपछि बोकेर लानुपर्ने बाध्यता थियो । जहाजमा लैजान पैसा धेरै लाग्थ्यो ।

जुम्ला कनकासुन्दरीका परिमल बुढाले भने, ‘मोटर नचल्दा उपचार नपाउँदा अकालमै मान्छे मरे, बाँच्ने मान्छेलाई पनि समयमा नै अस्पताल पुर्याउन मुस्किल थियो । अहिले त गाउँमै गाडी पुगे, चाहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन सजिलो भएको छ ।

मोटर पुगेसँगै गाउँमा पनि स्वास्थ्यचौकी स्थापना भएको र डाक्टर पनि बस्न थालेको उनले बताए ।

 कर्णालीको भाग्य रेखा ‘सडक’

कर्णालीका लागि सडक नै भाग्यरेखा रहेको धेरै बताउँछन् । भाग्यरेखा भए पनि सडक मर्मत तथा सुधार नहुँदा यात्रा गर्न कठिन भइरहेको स्थानीयको गुनासो छ ।

कर्णालीवासीले नै बारम्बार यो राजमार्गको स्तरोन्नति गर्न माग गर्दै आएका छन् । वर्षातको समयमा भने यो राजमार्ग अवरुद्ध हुने गरेको छ । कर्णालीका डोल्पा र हुम्लामा बल्ल बाटो पुगेको छ । केही समयमा सो क्षेत्रमा बाटो पुर्याउने त्यहाँका स्थानीय तहले बताएका छन् ।

कर्णालीको भाग्यरेखा मानिएको कर्णाली राजमार्ग सञ्चालनमा आएको केही वर्षमा नै विकास निर्माणको गति बढेको छ । विभिन्न समयमा भने कर्णाली बासिन्दाको भाग्य रेखा मेटिने गरेको छ ।

साघुँरो बाटो स्तरोन्नतीको अभावले सयौँको संख्यामा मृत्यु पनि भईसकेको छ । त्यसैले, बारम्बार कर्णालीबासीले कर्णाली राजमार्गमा भेटिने कर्णालीबासीको भाग्य रेखालाई नमेटाउन सडकको स्तरोन्नतीका लागि माग गरीरहेका छन् ।

कर्णालीप्रति मौन ‘सरकार’

सडक नै नभएको कर्णालीमा सडक र मोटर आउनु खुसीको कुरा हो । तर, सडकले सयौँको भाग्य रेखा मेटाउँदा पनि कर्णाली प्रति सरकारको लाचारीपन आखिर कहिले सम्म ? कर्णाली बासीको प्रश्न सदियौदेखि ।

तर, कर्णालीमा सडकले भित्रायएको समद्धीलाई खुसीमा बाँड्न नपाउँदै आफ्नो भाग्य रेखा मेटाउनु पहिले धेरैले कर्णाली राजमार्ग स्तरोन्नती भएको हेर्न चाहेका छन् ।

कर्णालीको समृद्धीलाई दिगो बनाउन तथा भाग्य रेखा यथावत् राख्न बनेको संघ र प्रदेश सरकारले पक्कै केहि गर्ने कर्णालीबासीको आशा छ ।

६ नम्बर प्रदशेको मुख्य मन्त्री कर्णालीबाटै हुने चर्चा चलेकाले पनि कर्णाली समृिद्धको बाटोलाई नछोड्ने उनीहरुको आशा छ ।

––––

जुम्लाबाट सागर परियारको रिर्पोट

...

बिहिबार, २८ मंसिर ०७४

प्रतिक्रिया

Related