साना किसान विकास बैंक लि.को १६ औँ साधारणसभा सम्पन्न (प्रतिवेदन २०७३/०७४ सहित)

निर्माण सञ्चार, काठमाडौँ । साना किसान विकास बैंक लि। ले शुक्रबार १६ औँ साधारण सभा सम्पन्न गरेको छ । उक्त बैंकले १६ औँ वार्षिक प्रतिवेदन २०७३र०७४ पनि सार्वजनिक गरेको छ ।

साना किसान विकास आयोजनाबाट सहकारीमा रुपान्तरित साना किसान सहकारी संस्थाहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको हो ।

यो बैंक नेपाल सरकार, कृषि विकास बैंक लि., नेपाल बैंक लि., नविल बैंक लि. र साना किसान सहकारी संस्थाहरुको संयुक्त लगानी रहेको ‘क’ वर्गको बैंक हो ।

यस बैंकले थोक कर्जा प्रदायक लघुवित्त संस्थाको रुपमा हालसम्ममा मुलुकका ६८ जिल्लाका ६ सय ६३ साझेदार संस्था एवं १ सय ५८ अनुसरण कार्यक्रम मार्फत ७ लाख १५ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारलाई वित्तीय पहुँचमा जोडेको छ ।
कार्यक्रममा ७७५ भन्दा बढी महिला सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  बैंकले शुरुदेखि २०७४ असारसम्ममा ५२ अर्ब ८४ करोड रुपियाँ कर्जा लगानी गरी ३८ अर्ब ८५ करोड रुपियाँ असुली गरिसकेको  छ ।
२०७४ कार्तिकमा बैंकको लगानीमा रहेको ऋण १४ अर्ब ७४ करोड रुपियाँ र भाखानाघेको कर्जा १ प्रतिशतभन्दा कम रहेको छ ।
गत असोज मसान्तसम्ममा बैंकका साझेदार संस्थाको लगानीमा रहिरहेको कर्जा ३६ अर्ब ६५ करोड १९ लाख पुगेको छ । जसमध्ये २३ अर्ब ८२ करोड रुपियाँ उनीहरुले निर्माण गरेको आन्तरिक पुँजी परिचालनबाट पुरा भएको छ ।
नेपाल सरकारको ऋण सहयोगमा सञ्चालित पशुपालन कर्जा कार्यक्रमबाट ८३ हजार साना किसानलाई ७ अर्ब ७२ करोड रुपियाँ कर्जा प्रवाह समेत बैंकले गरेको छ ।

सरकारकै सहयोगमा पशुधन सुरक्षणरप्रवर्धन, सामाजिक तथा सामुदायिक विकास, तालिम र अनुसरणजस्ता कार्यक्रमहरु समेत सञ्चालनमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस बैंकले भूकम्प पीडित साना किसानहरुको जीविकोपार्जन पुनःस्थापनाको लागि सरकार र एशियाली विकास बैंकको सहयोगमा १६ हजार परिवारलाई ७२ करोड रुपियाँ सहुलियत ऋण प्रदान गर्नुका साथै २४ सय जनालाई भुकम्प प्रतिरोधी संरचना निर्माण तालिम प्रदान पनि गर्ने भएको छ ।

यसैगरी, विपन्न तथा साना किसान परिवारका २२–३० वर्ष उमेर समूहका २१ सय ४२ युवायुवतीहरुलाई इजरायली राजदुतावाससँगको सहकार्यमा इजरायलमा १० देखि ११ महिने कृषि तालिम ‘लर्न एण्ड अर्न’मा सहभागी गराई सकेको छ ।

विज्ञप्तिअनुसार बैंकले २०७३र०७४ मा ३३ करोड ०८ लाख खुद मुनाफा गरेको छ । बैंकको १६ औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई बोनस शेयर २५५ र नगद लाभांश १।३१६५ उपलब्ध गराउन एवं अधिकृत तथा जारी पुँजी १ अर्ब रुपियाँ पुर्याउन समेत आग्रह गरेको छ ।

बैंकले सहयोग गर्ने नेपाल सरकार, शेयरधनी, आमसञ्चार, सहयोगी निकाय, साझेदार संस्था, कर्मचारी एवं सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

आगामी दिनमा विपन्न तथा साना किसानहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न समेत बैंकले प्रतिवद्धता व्यक्त गरेको छ ।

 

 

 

...

शुक्रबार २९, मंसिर ०७४

प्रतिक्रिया

Related