मुगुमा बैंकिङ सेवा नपुग्दा स्थानीयलाई सास्ती

‘गाउँ गाउँमा सिंहदरबार’ को नारा स्थानीयलाई कहिले प्रत्याभूति होला ?
निर्माण सञ्चार, जुम्ला । मुगुका चार वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैकिङ्ग सेवा नपुग्दा स्थानीयबासीलाई आर्थिक कारोबार गर्न समस्या भएको छ ।

आर्थिक कारोबार नै स्थानीय तहबाट गर्न नसक्ने अवस्थामा ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा अहिले मुगुका स्थानीयले प्रत्याभूति गर्न पाएका छैनन् ।

आर्थिक कारोबार गर्न सदरमुकाममा आउनु पर्ने बाध्यताले सिंहदरबार गाउँमा नआएको मुगुका स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय तहमा बैंक सेवा नआउँदा गाउँपालिका जनप्रतिनिधिहरूले बैकिङ्ग कारोबार गर्न सदरमुकाम नै धाउनु पर्ने बाध्यता ज्यूका त्यू अवस्थामा छ ।

जिल्ला सदरमुकाम गमगढीमा ३ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्लाका खत्यड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा अहिलेसम्म कुनै बैंकहरू छैनन् ।

गाउँपालिकामा बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको सौरु गाउँपालिकाका स्थानीय बिर्खबहादुर शाहीले मुगुबाट बताए ।

सानो काम पर्दा सदरमुकाम जानु पर्छ । बैकिङ कारोबार गर्न बास बस्नु पर्ने पुराना दुख नछुटेको उनको दुखेको छ । यसमा स्थानीय जनप्रतिनिधि गम्भीर नभएको उनको आरोप छ ।

मुगुका तीन स्थानीय तहका गाउँपालिकामा कुनै बैंकहरु छैनन् । बैंकहरु नहुदाँ सदरमुकाम नै आएर सबै काम गर्नुपर्ने र गाउँपालिकामा बैंक नहुँदा गाउँपालिकाका करोडौं बजेट झोलामा बोकेर लैजानुपर्ने बाध्यता रहेको छ ।

झोलामा करोडौं बजेट बोक्दा ज्यान जोखिममा रहेको कर्मचारीहरुले बताएका छन् । चाडोभन्दा चाडो स्थानीय तहमा बैंक स्थापान गर्न स्थानीले माग गरेका छन् ।

चुनावका बेला नेता तथा कार्यकताहरुले ‘गाउँ गाउँमा सिंहदबार’ भन्ने नारा घन्काएपनि अहिले जनप्रतिनिधिहरुले स्थानीयका समस्या तथा आवश्यकता प्रति कुनै चासो नदिएको मुगुका स्थानीय बसन्त बागचनले बताए ।

...

जुम्लाबाट सागर परियारको रिर्पोट

आइतबार, २ पुस ०७४

प्रतिक्रिया

Related