३ सय शैय्या अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

जुम्लामा मातृशिशु निगरानी तथा प्रतिकार्य परियोजना शुरु
निर्माण सञ्चार, जुम्ला । हिमाली क्षेत्रको एक मात्र गौरवको आयोजनाका रुपमा लिइएको ३ सय शैय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

७६ करोडमा निर्माणाधीन भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको कम्पनीका इञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।

३ सय शैय्याको भवन पश्चिम नेपालको चिकित्सा जगतमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । कम्पनीले प्रतिष्ठानलाई पौषको दोस्रो सातासम्म हस्तान्त्रण गर्ने लक्ष्य लिइएको छ ।

रजिष्ट्रार विश्वराज काफ्लेले अस्पताल भवन निर्माण पश्चात् पिछडिएका क्षेत्रका नागरिकले छिटो छरितो, व्यवस्थित र अत्याधुनिक सेवा प्राप्त गर्ने बताए ।

एक हजार ५ यस रोपनी जग्गा प्रतिष्ठानका नाममा हुने बित्तिकै शैक्षिक कार्यक्रम सञ्चालन र आवासका लागि संरचना निर्माण कार्य थालनी हुने रजिष्ट्रार काफ्लेले जनाए ।

हिमाली जिल्लाकै नमुना तथा गौरवको आयोजनालाई सम्पन्न गराउन निमार्ण कम्पन्नी रतदिन लागिरहेको छ । चार वर्षदेखि प्रवीणता प्रमाणपत्र तह सञ्चालन गरेको प्रतिष्ठानले अब चालु आवको मंसिरभित्रै मिडवाइफ्री सञ्चालन गर्ने उनले बताएको छ ।

काफ्लेका अनुसार बिपिएच तहका लागि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिष्ठानमा अबको केही समयपछि सो लक्ष्यले गति लिने आशा गरिएको छ । प्रतिष्ठानमा १६ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिृकतसहित जम्मा १यस १७ जना कर्मचारी कार्यरत छन् ।

शर्मा प्रेरा रसुवा ज्वाइन्ट भेन्चुर कम्पन्नीले आर्थिक वर्ष २०७२ असार १२ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । कम्पनीले जाडो यामलाई पनि अनुकूल हुने गरी निर्माण कार्यलाई तीव्रता दिँदै आएको हो ।

प्रतिष्ठान स्थापनाले दुर्गमको मानसिकतालाई तोड्दै हाडजोर्नी एनेस्थेसिया, मेडिसिन सर्जन, एमडिजिपी, स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको निमार्ण कार्यले सम्पन्नता पायो भने कर्णाली अञ्चलसहित ६ नम्बर प्रदेशका डाक्टर बन्न चाहानेहरुले सस्तोमा पढ्न पाउने छन् । यसैगरी, ६ नम्बर प्रदेशको स्वास्थ्य सेवामा गुणस्तरका साथै सबैको पहुँचमा पुर्याउने प्रतिष्ठानले लक्ष्य लिएको छ ।

मातृशिशु निगरानी तथा प्रतिकार्य परियोजना शुरु

कर्णालीका आमा र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित राख्न जुम्लाबाट ‘मातृशिशु निगरानी तथा प्रतिकार्य’ परियोजना लागू गर्न लागिएको छ ।

यूनिसेफको सहयोगमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा ‘मातृशिशु निगरानी तथा प्रतिकार्य’ परियोजना एक साताभित्रै शुरु गरिने भएको छ ।

गर्भवती भएको समयमा आमा र बच्चाको मृत्यु हुन नदिन र मृत्यु भए किन र कसरी भएको भन्ने कारण पत्ता लगाइ त्यसको रोकथाम गर्न यो परियोजना लागू गर्न लागिएको महाशाखाका नर्सिङ अधिकृत केशु काफ्लेले बताए ।

सो परियोजना लागू गर्नका लागि शुक्रबार एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो । ‘परियोजना अन्तर्गत भावी दिनमा घटना हुन नदिन घटना भइसकेपछि हामी कमजोरी खोतल्छौं र त्यसको रोकथाम तथा समाधानमा जोड दिन्छौं, अधिृकत काफ्लेले भने ।

हरेक मृत्युले गणना हुनु पाउनुपर्छ भन्दै अधिकृत काफ्लेले कर्णालीका दुर्गम जिल्लाका ग्रामीण भेगका आमाहरुले मृत्यु भइसकेपछि समेत गणना हुने अधिकार नपाएको टिप्पणी गरे ।

अभिमुखीकरणका सहभागीले सामाजिक जनचेतनाको कमी, गरिबी, स्वास्थ्यकर्मीको लापरबाही, औषधिको अभाव, भौगोलिक दुर्गमता र शीघ्र सेवाको व्यवस्था नहुँदा यहाँका गर्भवती आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको कुरा औंल्याएका थिए ।

यसमा स्वास्थ्य निकायबाट मात्र यो अभियान पूरा नहुने भन्दै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडलले कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्था सुरक्षित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाइ फेरि कार्यक्रम शुरु हुन थालेको जनाए ।

पौडेलले यो कार्यक्रमका विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गर्नुपर्ने सुझाव दिए ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले गत वर्ष गर्भवती एउटा आमाको मृत्यु भए पनि यो वर्ष कुनै त्यस्तो घटना नघटेको जानकारी दिए ।

...

— जुम्लाबाट सागर परियारको रिर्पोट

आइतबार, २ पुस ०७४

प्रतिक्रिया

Related